newskoseli.Com

रगत बोकेर मोदीविरुद्ध प्रदर्शनमा किसान

भारतको चन्डीगढ राज्यका किसानले अनौठो तरिकाले विरोध प्रदर्शन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गर्न उनीहरुले रगतसहित प्रदर्शन गरेका हुन् ।

सरकारका नीति किसानविरोधी भएको उनीहरुको आरोप थियो । राज्य सरकार र केन्द्र सरकारले किसानको हक हितलाई ध्यान दिन नसकेको आरोप लगाउँदै किसानहरुले आफूहरुको माग बेवास्ता गर्दै मोदी योग दिवसका अवसरमा योगा गर्न व्यस्त भएको भन्दै नारावाजीसमेत गरेका थिए ।

उल्लेखनीय छ, मोदी मंगलबार योग दिवसका अवसरमा चन्डीगढमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । किसानहरु सडकमा विरोध प्रशर्दनमा उत्रिरहँदा मोदी भने योग गर्न व्यस्त थिए ।

प्रदर्शनमा उत्रिएका किसानहरुको नेतृत्व भारतको विपक्षी दल कांग्रेस आइले गरेको थियो ।

राज्यमा किसानहरुको आत्महत्या लगातार बढ्दै गएको भन्दै उनीहरुले नारावाजीसमेत गरेका थिए । कांग्रेस आइका नेता इन्द्रजित सिंह जिराले किसानहरुलाई सम्बोधन गर्दै राज्यमा ८ हजार किसानले आत्महत्या गर्दासमेत केन्द्र सरकार र राज्य सरकार मुकदर्शक भएको आरोप लगाए । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर