newskoseli.Com

चट्याङ लागेर एकैदिन २९ जनाको मृत्यु

भारतको बिहारमा चट्याङ लागेर एकैदिन २९ जनाको ज्यान गएको छ । मंगलबार बिहारको राजधानी पटनालगायत अरु ८ जिल्लामा गरी २९ जनाको मृत्यु भएको हो ।

बिहारमा केही दिनदेखिको अविरल वर्षाकाक्रममा परेको चट्याङमा अरु ९ जना घाइते भएका छन् । बिहार सरकारले मृतकका परिवारलाई चार–चार लाख भारतीय रुपैयाँ उपलब्ध गराएको छ ।

बिहारमा केही दिनदेखि पानी पर्नेक्रम जारी छ । वर्षाकै कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर