newskoseli.Com

आयोजकविरुद्ध जित निकाल्दै अर्जेन्टिना फाइनलमा

आयोजक अमेरिकालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अमेरिकामा बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना ४–० ले विजयी भयो ।

खेलको मध्यान्तरसम्म २–० को अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।

अर्जेन्टिनाका लागि एजिक्वेल लाभेज्जी र लियोनल मेसीले पहिलो हाफमा एक–एक गोल गरेका थिए भने दोस्रो हाफमा गोन्जालो हिगुवानले दुई गोल गरेपछि अर्जेन्टिनाले ४–० को शानदार जित दर्ता गरेको हो ।

यो खेलमा गोल गरेसँगै लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीको लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

मेसीले ५५ अन्तराष्ट्रिय गोल गरिसकेका छन् भने यसअघिका कीर्तिमानी खेलाडी गाब्रिएल बाटिस्टुटाको नाममा ५४ गोलको कीर्तिमान थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर