newskoseli.Com

कांग्रेस–माअाेवादी भन्छन् बाध्यतामा अविश्वासको प्रस्ताव

अाफूहरूले बाध्य भएर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपरेको नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले बताएका छन् । कांग्रेस, माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले बुधबार वर्तमान नयाँबानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा सरकारविरुद्ध अविश्व...बाँकी

दाहालको प्रस्ताव र देउवाको समर्थनमा ओलीविरूद्ध दर्ता भयो अविश्वासको प्रस्ताव

नेकपा (माओवादी केन्द्र) ले सरकारका विरुद्ध व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ । बुधबार नयाँबानेश्वरस्थित संसद् भवनमा दर्ता गराएको सो प्रस्तावको प्रस्तावकमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समर्थकमा नेपाली कांग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा रहेका ...बाँकी

माओवादी केन्द्रका सबै मन्त्रीले दिए राजीनामा

वर्तमान सरकारको प्रमुख साझेदार दल नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सामूहिक राजीनामा बुझाएका छन् । प्रधानमन्त्री ओलीसमक्ष उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आज आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूह...बाँकी

देउवा भन्छन्– ओलीको राजीनामा पर्खिरहेछौं

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार अल्पमतमा परेकाले आफूहरू प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिने विश्वासका साथ प्रतीक्षारत रहेको बताएका छन् । बुधबार बसेको नेकां संसदीय दल तथा राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरूको संयुक्त बैठकबाट बाहिरिने क्रममा देउवाले आफूहरू ओलीको राजीनामा पर्ख...बाँकी

यस्तो छ कांग्रेस–माओवादी केन्द्रबीचको सातबुँदे सहमति

जनताको चाहनाअनुसार १२ बुँदे समझदारी, २०६२/०६३ को जनआन्दोलन, विस्तृत शान्ति सम्झौतासम्मको सहमति र सहकार्यलाई स्मरण गर्दै, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको ऐतिहासिक उपलव्धिमा गर्व गर्दै नेपाली जनताको साझा सम्पत्ति नेपालको संविधानलाई सबै नेपालीले स्वीकार गर्ने वातावरण...बाँकी

ओलीले राजीनामा नदिने अविश्वासको प्रस्ताव अाए संसदमै सामना गर्ने

नेकपा माओवादी केन्द्र बाहेकका सत्तारुढ दलहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ सकिएको बैठकमा सहभागी दलका नेताहरुले प्रधानमन्त्री ओलीलाई साथ दिन तयार भएपछि यस्तो निर्णय गरिएको बैठकमा सहभागी एक नेताले बताए । माओवादी केन्द्र ...बाँकी

नयाँ सरकारबारे संवैधानिक अन्यौलता : व्याख्या आ–आफ्नै अनुकूलतामा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिर्इ मन्त्रीपरिषदबाट बाहिरिएपछिको अवस्थाका बारेमा संविधानमा स्पष्ट व्यवस्था नहुँदा अन्यौलता देखिएको छ । नेकपा (एमाले) अाफूसँग भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको भन्दै मंगलबार माओवादी ...बाँकी

टुटेफुटे–भत्केका संगठन जोड्यौं, अब गति लिनुपर्छ : शर्मा

नेकपा माओवादी केन्द्रका नेता एवं बुद्धिजीवी फ्र्याक्सन इन्चार्ज दिनानाथ शर्माले टुटेफुटेका र भत्किएका माओवादी घटक तथा जनसंगठनहरुलाई फेरि एक ठाउँमा ल्याउन सफल भइएकोमा सन्तोष प्रकट गरेका छन् । विभिन्न माओवादी घटकहरुबीचको एकतापछि गठित नेकपा माओवादी केन्द्र आबद्ध बुद्धिजीवी संगठनहरुको एकता भेलाका निर...बाँकी

माअाेवादीले सरकार छाडेपछि एमाले स्थायी कमिटी बस्दै

सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिनुका साथै मन्त्रीपरिषदबाट नेकपा (माओवादी केन्द्र) फिर्ता भर्इ सरकार अल्पमतमा परेपछिको अवस्थाबारे छलफल गर्न मंगलबार साँझ नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्दैछ । सरकारको नेतृत्वकर्ता एमालेले सत्ता साझेदार माओवादीको सो निर्णयबारे स्थायी कमिटीको बैठकपछि मात्रै आ...बाँकी

माओवादी केन्द्र सरकारबाट हट्यो : अल्पमतमा पर्‍यो ओली सरकार

नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूलार्इ मन्त्रीपरिषदबाट फिर्ता बोलाएको छ । माओवादी केन्द्रको यो दकमसँगै केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ सम्बोधन गर्दै एक पत्र ले...बाँकी