newskoseli.Com

प्रधानमन्त्री ओलीद्वारा राजीनामा घोषणा

साँझ ५ बजेपछि पुनः बसेको संसदको आइतबारको दोस्रो बैठकमा सदनलार्इ सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामाको घोषणा गरेका छन् । उनीविरूद्ध संसदमा प्रस्तुत अविश्वासको प्रस्तावउपर ३ दिनसम्म छलफल भएपछि छलफलका क्रममा उठेका विभिन्न प्रश्नको जवाफ दिँदै र आफ्नो प्रधानमन्त्रीत्वकालमा भए–ग...बाँकी

‘जनसत्ता’ द्वारा ‘दादागिरी’ तोड्ने चन्द माओवादीको चेतावनी

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले वर्तमान सत्ताको ‘बलमिच्याइँ’ र ‘दादागिरी’ राज्यका सञ्चालकहरु स्वयम्ले नियन्त्रण नगरे आफूहरुको नेतृत्वमा संघर्षबाट जन्मेको जनसत्ताद्वारा नियन्त्रण गर्न पहलकदमी लिने चेतावनी दिएको छ । ‘क्रान्ति र आन्दोलनको आवरणमा सामन्त तथा दलाल पुँजीवादी तत्वहरुले नयाँ–नय...बाँकी

राजनीति झन् अन्योलग्रस्त : ओली सरकारद्वारा राष्ट्रपतिसमक्ष बाधा अड्काउ फुकाउने सिफारिस

नयाँ संविधानको धारा २९८ मा नयाँ सरकार गठनको कुनै व्यवस्था नभएको भन्दै मन्त्रिपरिषद् बैठकले संविधानको धारा ३०५ अनुसार बाधा अड्काउ फुकाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । के छ नेपालको संविधान, २०७२ को धारा ३०५ को व्यवस्था ? ३०५ः बाधा अड्काउ फुकाउने अधिकारः यो संविधान बमोजिम संघीय संसदको निर्...बाँकी

‘जबर्जस्ती, मनोमानी र एकलौटीपूर्ण’ परिषद गठनप्रति वाईसीएलको असहमति

सरकार छाडेर घर फर्कने बेला भइसकेपछि ओली सरकारले हतारहतार युवापरिषदको गठन गरेर एकपक्षीय, एकगुटीय र सीमित व्यक्तिहरुलाई खुशी पार्नेगरी राष्ट्रिय युवा परिषदको गठन गरेको भन्दै योङ कम्युनिस्ट लिग नेपालले गम्भीर असहमति प्रकट गरेको छ । ‘युवाहरुको धेरै ठूलो त्याग र वलिदानबाट निर्मित राष्ट्रिय युवानीतिवमो...बाँकी

नयाँ सरकार गठनको आह्वानबारे राष्ट्रपति अलमलमा

नयाँ सरकार गठनबारे संसद्ले कस्तो जानकारी पठाउँछ त्यसैका आधारमा निर्णय गर्ने राष्ट्रपति कार्यालयको सोचाइ छ। प्रतिनिधिसभाको निर्वाचन नभएसम्म रहने संक्रमणकालीन व्यवस्थाका लागि संविधानले धारा २९५ देखि ३०५ सम्म विभिन्न व्यवस्था गरेको छ। तर, त्यहाँ सरकार गठनका लागि राष्ट्रपतिले जानकारी लिने अथवा आह्वान गर...बाँकी

अविश्वासको प्रस्तावमाथि संसदमा मतदान हुँदै, ओलीविरूद्ध स्पष्ट बहुमत

काठमाडौं–व्यवस्थापिका संसदको भारी बहुमतले प्रधानमन्त्री निर्वाचित केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव पनि भारी बहुमतले पारित हुने देखिँदै छ । सत्तासाझेदार मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय शनिवार गरेपछि ओलीको विपक्...बाँकी

पक्ष–विपक्षमा यस्तो छ संसदको अंकगणित

शुक्रबारदेखि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावमाथि बहस सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा उनको पक्ष–विपक्षमा गरमागरम बहस शनिबार पनि जारी छ । एमालेलगायतका दलले उनको बचाउ गरिरहेको छन् भने कांग्रेस–माओवादी लगायतले ओलीको चर्को विरोध गरिरहेका छन् ।  छलफल सकिएपछि आइतबार...बाँकी

अविश्वासको प्रस्ताव नओस् भनेर ठूलो प्रयास गरें : वामदेव

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन नदिनका लागि आफूले धेरै प्रयत्न गरेको जानकारी नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले दिएका छन् । शनिबार संसदमा सम्बाेधन गर्दै सांसद एवम् उपाध्यक्ष गाैतमले साे कुरा बताएका हुन् । गाैतमले भने– “मलाई साँच्चिकै अप्ठ्यारो लागिरहेको छ, प्रस...बाँकी

अनसनरत डा. केसीको समर्थनमा राजधानीमा पदयात्रा

चिकित्साक्षेत्र र स्वास्थ्यक्षेत्रमा सुधारको माग गर्दै १४ दिनदेखि आमरण अनशनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा पदयात्रा गरिएको छ । सरकारलाई दबाब दिन नागरिकले स्वतःस्फूर्त रुपमा आयोजना गरेको पदयात्रामा स्वास्थ्यकर्मी, विभिन्न राजनीतिक दलका विद्यार्थी सङ्गठन, पेसाकर्मी, कलाकारलगायत...बाँकी

कांग्रेस–माओवादी गठबन्धन ‘जगबिनाको गजुर’ : भट्टराई

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) बीचको गठबन्धनका आधारमा नयाँ बन्ने सरकारलार्इ जगबिनाको गजुरको संज्ञा दिएका छन् । शनिबार राजधानीमा एमाले सञ्चार इलाकाको विस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टी प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले नेपाली कांग्रेस र...बाँकी