दक्षिणी भारतीय राज्य तामिल नाडुमा अवस्थित एक पटाका कारखानामा भएको आगलागीमा परी कम्तीमा ५ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिए । तालिम नाडुको प्रान्तीय राजधानी चेन्नाई सहरबाट ४३ किलोमिटर दक्षिणमा रहेको बिरुधुनगार जिल्लामा रहेको सिभकासी सरहमा अवस्थित पटाका कारखानामा आगलागी भएको जनाएको छ ।
...बाँकी
नाइजेरियाली सरकारी सुरक्षाकर्मीले मुलुकको उत्तरपूर्वी राज्य ब्रोनोमा नाइजेरियाली बोको हराम समूहद्वारा बन्धक बनाइ राखेका २सय ११ जनालाई उद्धार गरेको सैनिक अधिकारीले आइतबार बताएकाे छ । ‘अपरेसन लाफिमा डोल’ नाम दिइएको ‘२२ ब्रिगेड ग्यारिसन’द्वारा किङ्गाल मुर्रे र माजा गाउँमा सञ्चालित सुरक्षा का...बाँकी
इथियोपियाको राजधानी अदिस अबाबानजिकै रहेको एक फोहोर मैला भण्डारणस्थलमा पहिरो जाँदा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ४६ पुगेको छ । यस पहिरोमा परी अन्य दर्जनौ घाइते भएका अधिकारीहरुले सोमबार जानकारी दिए ।यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिहरुमा ३२ महिला र १४ पुरुष रहेका र ती मध्ये केही बालबालिकासमेत रहेका बत...बाँकी
हुथी विद्रोहीले शुक्रबार गरेको बम आक्रमणमा परी यमनमा २२ जनाको मृत्यु भएको छ । यमनको होडेइडा प्रदेशको पश्चिमी क्षेत्रमा पर्ने खोखा बजारमा भएको बम हमलामा परी ८ जना घाइते भएको यमनी समाचार समिति साबाले जनाएको छ ।
घटनापछि यमनी आकाशमा उडिरहेका जेट विमानहरुबाट भयभीत भएकाले स्थानीय उक्त घटनामा परेर घाइते भ...बाँकी
ग्वाटेमालाको केन्द्रभागमा रहेको एउटा बालगृहमा भएको आगलागीमा परी बुधबार कम्तीमा २८ जना बालबालिकाहरुको मृत्यु भएको छ । आगलागीमा परी १९ जनाको घटनास्थलमा नै मृत्य भएको थियो भने केहीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । घटनामा परी घाइते भएका अन्य २३ जना किशोरकिशोरीको स्थानीय अस्पतालमा उपच...बाँकी
चीनको दक्षिणपूर्वी सिचुवान प्रान्तमा पण्डा संरक्षणका लागि निर्माणाधीन राष्ट्रिय निकुञ्ज वरपर बस्दै आएका करिब १ लाख ७२ हजार मानिसलाई निकुञ्ज प्रशासनले विस्तारका लागि अन्यत्र सार्ने निर्णय गरेको प्रान्तीय वन विभागले बिहीबार जनाएको छ । सिचुवान, गान्सु र सान्सी प्रान्तमा करिब २७ हजार १सय३४ किलोमिटर क्...बाँकी
चीनले अफगानिस्तानका शरणार्थीहरुका लागि सहयोग स्वरुप १० लाख अमेरिकी डलर प्रदान गर्ने बिहीबार घोषणा गरेको छ । द्वन्द्वका कारण घर छोडेर भागेका झण्डै १ लाख शरणार्थीहरु फेरी आफ्नै घर फर्किन लागेकाले चीनले उनीहरुलाई सहयोग दिन लागेको छ ।चीनले दिने सहयोग रकम संयुक्त राष्ट्रसङ्घको शरणार्थी सम्बन्धी...बाँकी
दक्षिण कोरियाको संसदबाट महाभियोग लगाइनुभएका राष्ट्रपति पाक ग्युन हेको मुद्दामा फैसला आउनुपूर्व शुक्रबार संवैधानिक अदालतको परिसर नजिकै प्रदर्शन गरिरहेका २ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको निधनको कारण अज्ञात रहेको बताएको छ । प्रदर्शन गरिरहेका पार्कका समर्थक एक्कास...बाँकी
संसदमा महाभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हेलाई शुक्रबार संवैधानिक अदालतको आदेशबाट पदमुक्त गरिएको छ ।
अदालतका ८ न्यायाधीशहरुले सर्वसम्मत रूपमा उनलाई पदमुक्त गर्नेगरी फैसला सुनाउने निर्णय गरेका हुन् । इजलासको नेतृत्व गरेका कार्यवाहक प्रधानन्यायाधीश लि जुङ मीले फैसला सुनाउँदा स...बाँकी
फिलिपिन्सको प्रतिनिधिसभाले मृत्युदण्ड दिने प्रावधानलाई पुनः स्थापित गर्ने विधेयकलाई स्वीकृति प्रदान गरेको छ । मलेसियाले झुण्ड्याएर, घातक सुई वा लागुऔषध कारोबारमा संलग्न अभियुक्तलाई गोली हानी हत्या गर्नसक्ने गरी यहाँको संसदबाट स्वीकृति प्रदान गरेको छ। फिलिपिन्सको प्रभावशाली रोमन क्याथोलिक च...बाँकी