newskoseli.Com

पण्डा निकुञ्ज बनाउन २ लाख मानिसलाई सारिने

चीनको दक्षिणपूर्वी सिचुवान प्रान्तमा पण्डा संरक्षणका लागि निर्माणाधीन राष्ट्रिय निकुञ्ज वरपर बस्दै आएका करिब १ लाख ७२ हजार मानिसलाई निकुञ्ज प्रशासनले विस्तारका लागि अन्यत्र सार्ने निर्णय गरेको प्रान्तीय वन विभागले बिहीबार जनाएको छ । सिचुवान, गान्सु र सान्सी प्रान्तमा करिब २७ हजार १सय३४ किलोमिटर क्...बाँकी

शरणार्थीहरुका लागि चीनद्वारा सहयोग घोषणा

चीनले अफगानिस्तानका शरणार्थीहरुका लागि सहयोग स्वरुप १० लाख अमेरिकी डलर प्रदान गर्ने बिहीबार घोषणा गरेको छ । द्वन्द्वका कारण घर छोडेर भागेका झण्डै १ लाख शरणार्थीहरु फेरी आफ्नै घर फर्किन लागेकाले चीनले उनीहरुलाई सहयोग दिन लागेको छ ।चीनले दिने सहयोग रकम संयुक्त राष्ट्रसङ्घको शरणार्थी सम्बन्धी...बाँकी

पार्कको समर्थनमा प्रदर्शन गर्ने २ काे मृत्यु

दक्षिण कोरियाको संसदबाट महाभियोग लगाइनुभएका राष्ट्रपति पाक ग्युन हेको मुद्दामा फैसला आउनुपूर्व शुक्रबार संवैधानिक अदालतको परिसर नजिकै प्रदर्शन गरिरहेका २ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको निधनको कारण अज्ञात रहेको बताएको छ । प्रदर्शन गरिरहेका पार्कका समर्थक एक्कास...बाँकी

अदालतको आदेशमा राष्ट्रपति पदमुक्त

संसदमा महाभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हेलाई शुक्रबार संवैधानिक अदालतको आदेशबाट पदमुक्त गरिएको छ । अदालतका ८ न्यायाधीशहरुले सर्वसम्मत रूपमा उनलाई पदमुक्त गर्नेगरी फैसला सुनाउने निर्णय गरेका हुन् । इजलासको नेतृत्व गरेका कार्यवाहक प्रधानन्यायाधीश लि जुङ मीले फैसला सुनाउँदा स...बाँकी

संसदबाट मृत्युदण्डसम्बन्धी विधेयक पास

फिलिपिन्सको प्रतिनिधिसभाले मृत्युदण्ड दिने प्रावधानलाई पुनः स्थापित गर्ने विधेयकलाई स्वीकृति प्रदान गरेको छ । मलेसियाले झुण्ड्याएर, घातक सुई वा लागुऔषध कारोबारमा संलग्न अभियुक्तलाई गोली हानी हत्या गर्नसक्ने गरी यहाँको संसदबाट स्वीकृति प्रदान गरेको छ। फिलिपिन्सको प्रभावशाली रोमन क्याथोलिक च...बाँकी

अस्पतालमा आक्रमण ३० काे मृत्यु

 अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा परी ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । काबुलस्थित अफगान रक्षा मन्त्रालयले उक्त जानकारी दिएको छ । यस आक्रमणमा परी मारिने प्रायः डाक्टर, नर्स, बिरामीहरु परेका रक्षा मन्त्रालयका प्रवक्ता दवलत वाजिरीले एएफपी समाचार समितिलाई जानका...बाँकी

अस्पतालमा आक्रमण हुदा मृत्यु हुनेकाे सङ्ख्या ३८ पुग्यो

अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुगेको छ । काबुलस्थित अफगान रक्षा मन्त्रालयले उक्त जानकारी दिएको छ । चिकित्सकहरु लगाउने सेतो कोटको पहिरनमा आएका बन्दुकधारीहरुले सरदार दाउद खान अस्पतालमा गरेको यस आक्रमणमा परी ३८ व्यक्तिको ...बाँकी

बमबारी २ को मृत्यु

सिरियाको राजधानी दमासकसनजिकै विद्रोहीहरूको एक समूह रहेको स्थानलाई लक्ष्यगरी बुधबार भएको बमबारीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको मानव अधिकारबादी समूहले जानकारी दिएको छ । रसियाले सो इलाकामा हवाई आक्रमण बन्द गर्ने घोषणा गरेको २४ घण्टा पनि नपुग्दै सो आक्रमण भएको बताएको छ । डुउमास्थित...बाँकी

इरान र अमेरिकाबीच एक अर्कामाथि दोषारोेपण

संयुक्त राज्य अमेरिका र बेलायतको संयुक्त साझेदारीको एउटा नौ–सैनिक युद्धपोत, स्ट्रेट अफ हर्मसमा पर्ने इरानको सामुद्रिक इलाकामा अनधिकृत तरिकाबाट जबर्जस्ती प्रवेश गरी इरानी सुरक्षाकर्मी (रिभोल्युसनरी गार्ड) का सुरक्षा पोतहरुलाई हानी पुर्याउन खोजेको र शान्त रहेको यस सामुद्रिक क्षेत्रमा बेकारमा...बाँकी

ट्रम्पले गरे नयाँ आदेशमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छवटा मुस्लिम बाहुल्य मुलुकका शरणार्थी र अन्य नागरिकलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने सम्बन्धि परिमार्जित नयाँ आदेशमा सोमबार हस्ताक्षर गरेका छन् । यसअघि मुस्लिम बाहुल्य मुलुकका शरणार्थी र अन्य नागरिकलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्...बाँकी