newskoseli.Com

चक्कु आक्रमणमा ८ को मृत्यु

 चीनको अशान्त क्षेत्र सिन्जीआङ्गको एक भिडमा भएको चक्कु आक्रमणमा आठ व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा परी ३ आक्रमणकारी सहित ८ को मृत्यु भएको छ । मङ्गलबार साँझ पिसान काउन्टीमा भएको यस आक्रमणमा अन्य १० जना घाइते भएका नजिकैको सहर होतान सरकारले जानकारी दिएको छ । आक्रमण भएको केही समयमा नै प्रहरी यस...बाँकी

बम आक्रमणमा ३ अर्द्धसैनिक मारिए

अफगानिस्तानको सीमा क्षेत्रमा अवस्थित सधैं अशान्त भइरहने पाकिस्तानको उत्तरपश्चिमी आदिवासी इलाकामा सडक किनारमा भएको बम विस्फोटमा परी सोमबार ३ अर्धसैनिकको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । दक्षिणी वाजिरिस्तान आदिवासी जिल्लाको तोइखोला गाउँमा आइतबार गस्तीमा रहेका सैनिकलार्इ लक्षित गरेर सो व...बाँकी

दोहोरो भिडन्तमा ४ विद्रोहीसहित ८ को मृत्यु

भारत नियन्त्रित काश्मिरमा आइतबार बिहान भएको गोली हानाहानमा ४ जना शङ्कास्पद विद्राेही लडाकु, २ भारतीय सेना र २ जना सर्वसाधारणको मृत्यु भएको छ । श्रीनगरको कुल्गाम जिल्लामा भएको घटनामा ३ सैनिक घाइते समेत भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । घाइतेहरुमध्ये केहीलाई श्रीनगरमा रहेको सैनिक अस्पताल...बाँकी

राष्ट्रपति ट्रम्पविरुद्ध मेक्सिकोमा प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पको आप्रवासी नीति र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन मेक्सिकोले नै रकम लगाउनुपर्ने अडानको विरोधमा मेक्सिकोमा हजारौंले प्रदर्शन गरेका छन् । मेक्सिकोका एक दर्जनभन्दा बढी सहरमा सो प्रदर्शन भएको बताइएको छ । मेक्सिको सिटीलयागत देशका अन्य सहरमा विरोध प्रदर्शन भएको छ । ...बाँकी

आणविक भट्टी विस्फोट, ५ घाइते

फ्रान्सको उत्तरपश्चिममा अवस्थित सामुद्रिक इलाकामा रहेको एक आणविक भट्टीमा विस्फोट हुँदा भट्टीमा कार्यरत पाँच जना कर्मचारी घाइते भएको फ्रान्सले जनाएको छ । स्थानीय सरकारी अधिकारी ज्याक्स विटकोस्कीले यो आणविक दुर्घटना नभै तर सामान्य बिष्पोट भएको बताएका छन् । सन् १९८० देखि सञ्चालनमा रहेको भट्टीको...बाँकी

‘गोप्य आणविक सहर बनाउँदैछ भारत’

पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीका क्रममा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ आणविक हतियार भण्डारण गर्न लागेको बताएको छ । यसरी बन्ने गोप्य आणविक सहरले एसिया क्षेत्रको सुरक्षा स्थितिमा समस्या उत्पन्न हुने पाकिस्तानको विदेश मामिला अध्ययन गर...बाँकी

रेडक्रसका ६ कर्मचारी मारिए

अफगानिस्तानको उत्तरी प्रदेशमा हतियारधारी अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा बुधबार अन्तर्राष्ट्रिय रेडक्रसका ६ जना कर्मचारीको मृत्यु भएको छ । हतियारधारीहरुले जौजाङ प्रान्तमा स्थानीय समयअनुसार बिहान १० बजेतिर आक्रमण गरेको अन्तर्राष्ट्रिय रेडक्रसका काबुलस्थित प्रवक्ता रमिन अयाज अहमदले जानकारी दिए ।...बाँकी

बुधबारको भूकम्पमा ५ घाइते

चीनको दक्षिण–पश्चिमी प्रान्त युनानको लुदिआन काउन्टीमा बुधबार आएको ४.९ रेक्टर स्केल भूकम्पमा परी ५ व्यक्ति घाइते भएकाे स्थानीय अधिकारीले जानकारी दिएका छन् । भूकम्पबाट भएको मानवीय र सम्पत्ति क्षतिको विस्तृत विवरण भने प्राप्त भइनसकेको बताइएको छ । स्थानीय समयअनुसार बुधबार साँझ ७ः११ बजे सो भूकम्प गएको...बाँकी

जेल तोडी भाग्ने ६० भन्दा बढी कैदी खोजिँदै…

पपुवा न्यूगिनीको दक्षिणी पहाडी क्षेत्रमा अवस्थित बेइ–उबी कारागार तोडेर भागेका ६० भन्दा बढी कैदीहरुको खोजीकार्य अझ जारी रहेको प्रहरीले बिहीबार जानकारी दिएको छ । सो कारागारमा क्षमताभन्दा बढी कैदी रहेको भन्दै चिन्ता व्यक्त गरिदै आएको थियो । १ सय ५० कैदी राख्ने क्षमताको उक्त कारागारामा जेल तोडिनुभन...बाँकी

५.८ म्याग्नीच्युडको भूकम्प

भारतको उत्तराखण्डमा सोमबार राति स्थानीय समयअनुसार १०.३३ बजे ५.८ म्याग्नीच्युडको भूकम्प आएको भारतीय जलवायु तथा मौसम विभागले जनाएको छ । भूकम्पको केन्द्रविन्दु उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनदेखि १८० किलोमिटर पूर्वस्थित रुद्रप्रयाग वरपर रहेको जनाइएको छ । उत्तर प्रदेश बाहेक अन्य छिमेकी प्रद...बाँकी