newskoseli.Com

बम आक्रमणमा ३ अर्द्धसैनिक मारिए

अफगानिस्तानको सीमा क्षेत्रमा अवस्थित सधैं अशान्त भइरहने पाकिस्तानको उत्तरपश्चिमी आदिवासी इलाकामा सडक किनारमा भएको बम विस्फोटमा परी सोमबार ३ अर्धसैनिकको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

दक्षिणी वाजिरिस्तान आदिवासी जिल्लाको तोइखोला गाउँमा आइतबार गस्तीमा रहेका सैनिकलार्इ लक्षित गरेर सो विस्फोट गराइएको बताइएको छ ।

दक्षिणी वाजिरिस्तानमा गस्तीमा रहेका सैनिकलक्षित सो बम विस्फोटमा ३ सैनिक मारिएका १ सुरक्षा अधिकारीले  बताएका छन् । दुरनियन्त्रित यन्त्रको सहयोगले सो बम विस्फोटन गराइएको पनि ती अधिकारीले जानकारी दिएका छन् ।

शक्तिशाली सैनिक प्रमुख जरनल कामर जाभेद् बाज्वाको उक्त जिल्ला भ्रमणको केही समयपश्चात् सो आक्रमण भएको बताइएको छ ।

पाकिस्तानाको ७ वटा अर्धस्वायत्त आदिवासी क्षेत्रमध्ये दक्षिणी वाजिरिस्तान पनि एक हो । यहाँ एक दशकभन्दा बढी समययता अल कायदा र तालिवानसँग आबद्ध आतङ्ककारी समूहले पाकिस्तानी सुरक्षा बलसँग झडप गर्दै आएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर