newskoseli.Com

बुधबारको भूकम्पमा ५ घाइते

चीनको दक्षिण–पश्चिमी प्रान्त युनानको लुदिआन काउन्टीमा बुधबार आएको ४.९ रेक्टर स्केल भूकम्पमा परी ५ व्यक्ति घाइते भएकाे स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

भूकम्पबाट भएको मानवीय र सम्पत्ति क्षतिको विस्तृत विवरण भने प्राप्त भइनसकेको बताइएको छ । स्थानीय समयअनुसार बुधबार साँझ ७ः११ बजे सो भूकम्प गएको थियो ।

सो भूकम्पको केन्द्रविन्दु लुदिआनको आसपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । भूकम्पमा परी घाइते भएकालाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ ।

सन् २०१४ मा सोही प्रान्त प्रभावित हुने गरी आएको ६.५ रेक्टर स्केलको भूकम्पमा परी ६ सय १७ व्यक्तिको मृत्यु हुनुका साथै भारी मात्रामा सम्पत्ति क्षति भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर