newskoseli.Com

सचेतना फैलाउन नसक्दा डेङ्गुको सङ्क्रमण बढ्यो

रुपन्देहीमा डेङ्गु रोगको सचेतना फैलाउन नसक्दा खतरा बढ्दै गएको छ । भदौमा ५ जनामा देखिएको डेङ्गुको सङ्क्रमण  शुक्रबारसम्म १ सय ६ जनामा देखिसकेको छ । ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने गर्छ । रुपन्देहीमा लामखुट्टेको स्थिति भयावह छ । जिल्ला जनस्वास्थ्य कार्यालय, रुपन्देहीक...बाँकी

क्यान्सरपीडित टुल्की चरम पीडामा, अझै उपचार भएन

आर्थिक अभावका कारण उपचार हुन नसक्दा क्यान्सरपीडित टुल्की नेपाली चरम पीडामा परेकी छिन् । हुम्ला दार्मा–१ गर्खागाउँकी टुल्कीलाई पाठेघरको मुखमा क्यान्सर भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले थप उपचारका लागि उनलाई कात्तिक २९ गते भरतपुर क्यान्सर अस्पताल चितवनमा सिफारिस गरेक...बाँकी

मानव अङ्गमा पहिलो मुटुको शल्यक्रिया सफल

भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले पहिलोपटक मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । केन्द्रका वरिष्ठ मुटु शल्य चिकित्सक डा मोहनदेव भण्डारी, डा सम्पूर्णमान तुलाधर, डा प्रेमराज वैध, मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुर, एनेस्थेसियोलोजिष्ट डा सन्दिप भण्डारीलगायत विदेशी चिकित्सकसहि...बाँकी

जाजरकोट अस्पतालमा आधुनिक डेन्टल सेवा सुरु

यहाँको जिल्ला जनस्वास्थ्य कार्यालयले आधुनिक डेन्टल सेवा सुरु गरेको छ । दाँतसम्बन्धी सबैखालका समस्या समाधान हुने कार्यालयका निमित्त प्रमुख चाँदनी जैसवालले बताइन् । सो सेवाका लागि आवश्यक आधुनिक उपकरण जुटाइएको छ । यसअघि कार्यालयमा सामान्य खालको दन्तसेवा मात्र उपलब्ध थियो । साेमबार यहाँ आयोजित कार्...बाँकी

डेङ्गुपीडित थपिँदै

डेङ्गुपीडित ३५ जनाको उपचार पछि धरान–१६ का अरु २ जना पीडित थपिएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अघिल्लो साता धरान–१६ की १३ वर्षीया जिना राईमा डेङ्गुको उपचारलगत्तै सोही वडाका १८ वर्षीय सवीन प्याकुरेल र ४९ वर्षीय भीम प्याकुरेल पनि डेङ्गुपीडित भई बुधबार बिपी कोइराला स्वास्थ्य विज्ञ...बाँकी

बिरामीमध्ये ८० प्रतिशत महिला

रोल्पा जिल्लामा रहेका सरकारी स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामी पुरुषको तुलनामा महिलाको सङ्ख्या अधिक देखिएको छ । जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य केन्द्रका अलावा समयसमयमा सञ्चालन गरिने स्वास्थ्य शिविरमा समेत ८० प्रतिशतभन्दा बढी महिला बिरामी आउने गरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका ...बाँकी

अझै १६ स्वास्थ्य केन्द्रमा चिकित्सक छैनन्

सरकारले सबै स्वास्थ्य केन्द्रमा चिकित्सक पुगेको भनी गरेको दाबी गलत भएको पाइएको छ । बुधबारदेखि काठमाडौंमा सुरु भएकोे ‘आव २०७२/७३ मा सम्पादित स्वास्थ्य सेवा तथा कार्यक्रमको राष्ट्रिय वार्षिक प्रगति समीक्षा गोष्ठी’मा आफ्ना विकास क्षेत्रको स्वास्थ्य प्रतिवेदन प्रस्तुत गर्दै पाँचै विकास क्षेत्रका क्षेत...बाँकी

७ क्लिनिकमा सरकारको तालाबन्दी

स्वास्थ्य मन्त्रालयको अनुगमन टोलीले बुधबार राजधानीमा थप ७ वटा क्लिनिकमा तालाबन्दी गरेको छ । दर्ता नै नभई सञ्चालन भइरहेका र दर्ता भएर पनि नवीकरण नभएका क्लिनिकलाई अनुगमन टोलीले तालाबन्दी गरिदिएको हो । स्वास्थ्यमन्त्री गगनकुमार थापाको विशेष चासोमा काठमाडाैं र ललितपुरमा खटिएको अनुगमन टोलीले यसअघि द...बाँकी

आमाले यसरी ध्यान राख्नु पर्छ २ वर्षसम्मका बच्चाहरूको

-बच्चा जन्मिएको १ घन्टाभित्र स्तनपान गराउने । बच्चालाई शीतांग हुन नदिन २–४ घन्टासम्म ननुहाइदिने । आराम गर्ने र पर्याप्त स्तनपान गराउने । -जन्मिएको ३५ दिनभित्र बच्चाको जन्मदर्ता गराउने । ६ महिनासम्म आमाको दूध मात्र खुवाउने । -६ महिनाबीचको अवधिमा दिनुपर्ने सबै खोप लगाउने । स्वास्थ्य संस्थामा लगे...बाँकी

‘प्रसाद’ शीर्षकमै अस्पतालमा २ लाख खर्च !

गरिब बिरामीलाई उपचारमा सहुलियत दिन बजेट अभाव भएको जनाउँदै आएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अनावश्यक खर्च चाहिँ प्रशस्त भएको पाइएको छ । अस्पतालले दसैँ, तिहार र विश्वकर्मा पूजामा प्रसादका लागि मात्रै १ लाख ९५ हजार ५ सय ७७ रूपैयाँ खर्च गरेको देखिएको छ । अस्पतालभित्र रहेको प्रहरी बिटले...बाँकी