newskoseli.Com

सचेतना फैलाउन नसक्दा डेङ्गुको सङ्क्रमण बढ्यो

रुपन्देहीमा डेङ्गु रोगको सचेतना फैलाउन नसक्दा खतरा बढ्दै गएको छ । भदौमा ५ जनामा देखिएको डेङ्गुको सङ्क्रमण  शुक्रबारसम्म १ सय ६ जनामा देखिसकेको छ ।

‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने गर्छ । रुपन्देहीमा लामखुट्टेको स्थिति भयावह छ । जिल्ला जनस्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले लामखुट्टेको बासस्थानलाई नष्ट गर्नु नै डेङ्गु रोगको रोकथाम भए पनि, नियन्त्रण प्रभावकारी बन्न नसक्दा ड्ङ्गुका बिरामी बढदै गएको बताए ।

जनस्वास्थ्य कार्यालयले जिल्लाभर ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरे पनि त्यो प्रभावकारी देखिएको पाइएन । डेङ्गुले तराईका जिल्लामा प्रकोपको रुप लिन थालेको छ । लामखुट्टे निष्क्रिय हुन तापक्रम १६ डिग्रीभन्दा तल हुनुपर्छ’ शाहले भने, “रुपन्देहीको तापक्रम २० भन्दा तल झर्न गाह्रो छ ।’

रुपन्देहीमा डेङ्गु पूर्णरुपमा नियन्त्रण गर्न चुनौती देखियो” शाहले भने । बुटवलमा ३५, भैरहवामा १५, सैनामैनामा ३, तिलोत्तमामा १५, देवदहमा २, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३, रुद्रपुरमा २ र अन्य बिरामी, गुल्मी, पाल्पा, अर्घाखाची र बाग्लुङबाट रुपन्देहीमा आएका व्यक्तिमा देखिएको शाहले जानकारी दिए ।

सङ्क्रमित बिरामीको लुम्बिनी अञ्चल अस्पताल बुटवल, बुटवल हस्पिटल प्रालि, मेडिटेक हस्पिटल प्रालि, सिद्धाथसिटी हस्पिटल भैरहवा र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा उपचार भइरहेको कार्यालयको भनाइ छ ।

सङ्क्रमित बिरामीमध्ये कसैको पनि ज्यान नगएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । डेङ्गुको लक्षण देखिनेबित्तिकै नियमित स्वास्थकर्मीको निगरानीमा रहे डेङ्गु रोग निको हुने चिकित्सको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर