newskoseli.Com

विश्वकै ७२औं : भोकमरी सूचीमा नेपालको स्थान !

विगत तीन वर्षदेखि नेपाल विश्व मानवचित्रको भोकमरी सूचकांकमा एउटै स्तरमा रहँदै आएको छ । विश्वभर खाद्य सुरक्षाको अवस्थाबारे विश्लेषण गरी सार्वजनिक गरिने विश्व भोकमरी सूचकांक (जीएचआई) को प्रतिवेदन अनुसार सन् २०१६ देखि नेपाल निरन्तर ७२औं स्थानमा रहँदै आएको छ । विभिन्न निकायसँगको सहकार्यमा ‘कन्सर्न वल्...बाँकी

कांग्रेसको कोषबाटै रकम ‘हिनामिना’ ! क–कसको चल्छ चेकमा हस्ताक्षर ?

क्रियाशील सदस्यता वितरण र नवीकरण तथा सांसदबाट महिनैपिच्छे काटिने लेबीबाट चल्दै आएको कांग्रेसको आर्थिक कोषमा ‘मनपरी चलेको’ समाचार छ । महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवाद हुँदाहुँदै पनि रकम निकाल्ने गरिएको छ । यसअघि निकालिएको डेढ करोड रुपैयाँको खर्च अपारदर्शी भएको क...बाँकी

नेकपाको चियापान : प्रचण्ड–माधव नेपालबीच चल्यो यस्तो ठट्टा !

माधव नेपालः बैठक कहिले बस्छ ? कार्यक्रम मिलाउनुपर्ने हुन्छ... प्रचण्डः फेरि विदेश जाँदै हुनुहुन्छ कि क्या हो ? सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चियापानकै क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच राजनीतिक ठट्टा चल्यो । आगन्तुकहरुलाई स्वागत गर्नमै व्यस्त...बाँकी

‘नक्कली प्रमाणपत्र’ ले जागिर खानेमा शिक्षक सबैभन्दा बढी

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएर जागिर खानेमध्ये सबैभन्दा धेरै शिक्षक भेटिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमाथि भएको अनुसन्धानमा नक्कली प्रमाणपत्रमार्फत जागिर खानेमध्ये शिक्षक धेरै भेटिएका हुन् । दरबन्दी भएको तर कम प्रतिस्पर्धा हुने स्थानमा नक्कली शैक्षिक प्रमाणपत्...बाँकी

खुल्दै मलेसियाको रोजगारी : कामदारको सबै खर्च रोजगारदाताले नै व्यहोर्ने

६ महिना यता (०७५ जेठ २ देखि) बन्द रहेको मलेसियामा नेपाली युवाहरूको रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन आइतबार (आज) काठमाडौं आउँदैछन् । मलेसियामा नेपालीहरुको रोजगारी पुनः सुचारु गर्न दुवै मुलुकबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । यसैका लागि मन्त्री कुले...बाँकी

कृत्रिम गर्भाधान : यसरी बढ्दैछ नेपालमा…

बाँझोपन र निःसन्तान हुने समस्याका कारण नेपालमा पनि कृत्रिम गर्भाधानतर्फ आकर्षण बढेको छ । विभिन्न कारणले प्राकृतिक गर्भाधान हुन नसक्दा दम्पतीको स्वास्थ्य अनुसन्धान गरी उपचार गर्ने विधि कृत्रिम गर्भाधान (आर्इभीएफ) हो जसलाई कृत्रिम गर्भाधान गराउने वैज्ञानिक प्रविधि पनि भनिन्छ । ढिलो विवाह र ढिलो ...बाँकी

भारतले गफ मात्र दियो, रकम चाहिँ दिएन !

भूकम्पले भत्किएका संरचना पुनर्निर्माणका लागि भारतले दिने भनेको ७५ अर्ब रुपैयाँ नआउने भएको छ । भारतले पुनर्निर्माणका लागि २५ अर्ब अनुदान र एक्जिम बैंकमार्फत सहुलियत ऋणमा ७५ अर्ब दिने घोषणा गरेको थियो । भूकम्पलगत्तै सरकारले आयोजना गरेको ‘नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ मा भा...बाँकी

चेक ‘बाउन्स’ भयावह : ९० दिनमा १ हजार १७ उजुरी

काठमाडौंमा चेक ‘बाउन्स’ का घटना अत्यधिक बढेका छन् । पछिल्ला ९० दिनमा महानगरीय प्रहरी परिसरमा चेक ‘बाउन्स’ का १ हजार १७ उजुरी दर्ता भएका छन् । छोटो समयमा धेरै उजुरी परेका कारण अधिकांशको अनुसन्धान गरी प्रहरीले मुद्दा चलाउन सकेको छैन । प्रहरीमा परेका उजुरीमध्ये ७ सय ४१ वटा ‘पेन्डिङ’ मा छन् । १ सय...बाँकी

घरमा ट्वाइलेट नहुँदा भर्नाबाट वञ्चित बालिकाको कथा : ‘स्कुल जान त मन लाग्छ नि !’

  ईश्वरपुर नगरपालिका– २ की पवित्रा ब्लोनले १३ वर्षको उमेरमा एक महिना मात्रै स्कुल टेकेकी छन् । महिना पुगेपछि स्कुलले ‘भर्ना गर्न जन्मदर्ता लिएर आऊ’ भन्यो । भोलिपल्ट बिहानै उनका बुबा सत्यसिंह ब्लोन तामाङ जन्मदर्ताका लागि भक्तिपुर गाविस भवन पुगे । सचिवले कडा स्वरमा सोधे– ‘घरमा ट्वाइटेल छ ?’...बाँकी

डोजरले पाल्दैछ ‘जनप्रतिनिधि’ हरूलार्इ !

  नगर क्षेत्रको विकास कार्यमा प्रयोग गर्ने भन्दै महँगो मूल्यमा नगरपालिकाले खरिद गरेको डोजर ‘जनप्रतिनिधि’ को ‘कमाइखाने भाँडो’ बनेको छ । त्रिपुरासुन्दरी नगरपालिकाले आन्तरिक विकास आयोजनाको काम गर्ने भनेर १ करोडमा खरिद गरेको हुन्डाई कम्पनीको डोजर ‘जनप्रतिनिधि’ को तलब खाने माध्यम बनेको हो । प्...बाँकी