६ महिना यता (०७५ जेठ २ देखि) बन्द रहेको मलेसियामा नेपाली युवाहरूको रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन आइतबार (आज) काठमाडौं आउँदैछन् ।
मलेसियामा नेपालीहरुको रोजगारी पुनः सुचारु गर्न दुवै मुलुकबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । यसैका लागि मन्त्री कुलेसेगरन काठमाडौं आउने भएका हुन् ।
यसअघि सञ्चालनमा रहेका बायोमेडिकल (बायोमेट्रिक), ओएससी, आर्इएससीजस्ता संस्थालाई निरन्तरता दिन सहमति भएपछि पहिलो पटक नेपाल र मेलसियाबीच श्रम–समझदारी (एमओयु) हुन थालेको हो ।
६ महिना अघिकै प्रक्रियाम अनुसार मलेसियाले नेपालबाट कामदार लैजाने भए पनि अबदेखि कामदारको सम्पूर्ण खर्च भने मलेसियान रोजगारदाता कम्पनीले नै व्यहोर्ने खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।