newskoseli.Com

भारतले गफ मात्र दियो, रकम चाहिँ दिएन !

भूकम्पले भत्किएका संरचना पुनर्निर्माणका लागि भारतले दिने भनेको ७५ अर्ब रुपैयाँ नआउने भएको छ ।

भारतले पुनर्निर्माणका लागि २५ अर्ब अनुदान र एक्जिम बैंकमार्फत सहुलियत ऋणमा ७५ अर्ब दिने घोषणा गरेको थियो ।

भूकम्पलगत्तै सरकारले आयोजना गरेको ‘नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ मा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले १ खर्ब रुपैयाँ सहयोग घोषणा गरेकी थिइन् । उनले ५ वर्षभित्र सबै रकम उपलब्ध गराइसक्ने प्रतिबद्धता जनाएकी थिइन् ।

त्यसमध्ये अहिलेसम्म भारतले २ प्रतिशत रकम मात्र दिएको छ । अर्थ मन्त्रालयमार्फत साउन ११ मा २ अर्ब १० करोड ४३ लाख रुपैयाँको चेक भारतले हस्तान्तरण गरेको थियो ।

सम्मेलनका बेला विदेशमन्त्री स्वराजले घोषणा गरेको बाहेक भारतले दिने नियमित सहयोग जारी रहने बताएकी थिइन् । तर, सहयोग घोषणामै मात्र सीमित भएको खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर