शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएर जागिर खानेमध्ये सबैभन्दा धेरै शिक्षक भेटिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमाथि भएको अनुसन्धानमा नक्कली प्रमाणपत्रमार्फत जागिर खानेमध्ये शिक्षक धेरै भेटिएका हुन् । दरबन्दी भएको तर कम प्रतिस्पर्धा हुने स्थानमा नक्कली शैक्षिक प्रमाणपत्र बनाएर शिक्षकको जागिर खाने गरेको तथ्य अनुसन्धानका क्रममा भेटिएको हो ।
विशेषगरी, भारतको बिहारलगायतका स्थानबाट ल्याइएका शैक्षिक प्रमाणपत्र नक्कली भेटिने गरेको अख्तियारले जनाएको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।