नगर क्षेत्रको विकास कार्यमा प्रयोग गर्ने भन्दै महँगो मूल्यमा नगरपालिकाले खरिद गरेको डोजर ‘जनप्रतिनिधि’ को ‘कमाइखाने भाँडो’ बनेको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाले आन्तरिक विकास आयोजनाको काम गर्ने भनेर १ करोडमा खरिद गरेको हुन्डाई कम्पनीको डोजर ‘जनप्रतिनिधि’ को तलब खाने माध्यम बनेको हो । प्रदेश सरकारले स्थानीय निकायको आन्तरिक स्रोत व्यवस्थापन गर्न सके मात्र ‘जनप्रतिनिधि’ लाई तलब खुवाउन सकिने निर्णय गरेको थियो ।
आफ्नो नगर क्षेत्रमा प्रभावकारी कर असुली तथा व्यवस्थापन पद्धति समेत तय गर्न नसकेको नगरले डोजरको आम्दानीबाट ‘जनप्रतिनिधि’ लाई तलब खुवाएको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।