२० आश्विन, २०७३ |
सिंगै देशलार्इ दसैंले छोपिरहँदा जिल्लाका काँडा लगायतका दर्जनौं गाउँमा खाद्यान्न सङ्कट भएको छ । सर्वसाधारण जङ्गली कन्दमूल र सिस्नु खान थालेका छन् । ग्रामीण भेगमा खाद्यान्न ढुवानी हुन सकेको छैन । व्यापारीले भने खाद्यान्न ढुवानी नगरी रक्सी ढुवानी गर्न थालेका छन् ।
ग्रामीण भेगमा खाद्यान्न ढुवानी गर्दा ...बाँकी
१९ आश्विन, २०७३ |
नेपालीको महान् चाड बडादसैंको आगमनले पोखरा र आसपासमा केही दिनयता चहलपहल बढ्दै छ । दसैंलाई लक्षित गरी आवतजावत गर्नेको चाप सहरी क्षेत्रमा बढिरहेको छ भने दसैंका लागि गाउँ फर्कने क्रमले अघिपछि सुनसान रहने गाउँवस्तीमा खुसीयाली बढाएको छ ।
रोजगारीको खोजीमा गाउँ छाड्नुपर्ने युवाको बाध्यता भए पनि दसैंतिह...बाँकी
१७ आश्विन, २०७३ |
अफगान वायुबलले गरेको हवाई आक्रमणमा आफैंतर्फका ५ सैनिक र १ प्रहरी अधिकारीको मृत्यु भएको छ । सरकारी अधिकारीले शनिबार पश्चिमी अफगानिस्तानमा सो घटना घटेको जानकारी दिएका हुन् ।
अफगान हेलिकप्टरले भूलबस आफ्नै सुरक्षा बलमाथि बमबारी गरेको बताइएको छ । अफगानिस्तानको फराह प्रान्तको केनस्क क्षेत्रका तालिवानी ...बाँकी
१६ आश्विन, २०७३ |
नेपाली कांग्रेसले विजया दशमी, दीपावली, नेपाल सम्बत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले अाइतबार विज्ञप्ति जारी गरी तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनका कारण कोजाग्रत ...बाँकी
१४ आश्विन, २०७३ |
न्युजकोसेली संवाददाता
नयाँ शक्तिले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच भएको २५ बुँदे संयुक्त वक्तव्य राष्ट्रघाती भएको भन्दै खारेज गर्नुपर्ने माग गरेको छ । शुक्रबार काठमाडौंको भद्रकालीमा एक घन्टा धर्ना दिँदै सो पार्टीले यस्तो माग गरेको हो ।
धर्ना कार्यक्रममा पार्टीका संयोजक डा....बाँकी
१४ आश्विन, २०७३ |
नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रकाशनमै वर्णविन्याससम्बन्धी विविधता आएको गुनासो बढेपछि यसको सम्बोधनका लागि प्राज्ञ परिषद्ले तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ ।
परिषद्को भदौ ३१ को बैठकले प्रा.डा. चूडामणि बन्धुको संयोजकत्वमा प्रा.डा. नोवलकिशोर राई र सहप्राध्यापक हेमनाथ पौडेल रहेको समिति गठन गरेको कु...बाँकी
१३ आश्विन, २०७३ |
हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु प्रशिद्ध धार्मिकस्थल मुक्तिनाथको वार्षिक आम्दानी ६७ लाख रुपैयाँको हाराहारीमा हुने गरेको छ । मुक्तिनाथ विकास समितिले हालै सार्वजनिक गरेको वार्षिक आय–व्यय विवरणमा रसिद सहयोगबाट सबैभन्दा बढी ५२ लाख ११ हजार रुपैयाँ आम्दानी भएको देखिएको छ ।
त्यस्तै,...बाँकी
१३ आश्विन, २०७३ |
राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले ग्यास उद्योगीको लापर्वाहीले गर्दा सिलिन्डर पड्किएर दुर्घटना बढ्ने क्रम बढेको बताए ।
रफत सञ्चार क्लबमा बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले उद्योगीको लापर्वाही र नियमनकारी निकायको तदारुकताको अभावकै कारण दुर्घटना बढेको बताए ...बाँकी
१२ आश्विन, २०७३ |
न्युजकोसेली संवाददाता
आर्थिक वर्ष ०६७–६८ मा करिव २ सय ३५ खसीबोका मरेपछि खाद्य संस्थानलाई ३५ लाख घाटा भयो । त्यसयता मुनाफा गर्न नसके पनि घाटा नहोस् भन्ने सोचिरहेको संस्थानको त्यो सपना अहिलेसम्म पूरा हुन सकेको छैन ।
त्यसो हुँदाहुँदै पनि यसपालिको दसैंमा संस्थानले १ हजार ५ सय च्याङ्ग्रा र १ हजार ५ सय खसी ल्याएर बिक्री गर्...बाँकी
११ आश्विन, २०७३ |
न्युजकोसेली संवाददाता
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका निम्ति संघर्ष गर्ने बताएका छन् । नेपालमा संसदीय व्यवस्था अस्थिर भएकै कारण गरिबी र पछौटेपन हट्न नसकेको भन्दै उनले शासकीय स्वरुप फेर्नुको विकल्प नरहेको बताए ।
मंगलबार राजधानीमा नयाँ शक्तिको प्रशिक्षण वि...बाँकी