newskoseli.Com

राजपा–समाजवादीबीच एकता : नाम ‘जनता समाजवादी पार्टी’, चुनाव चिह्न छाता

सरकारले दल विभाजनलाई सजिलो पार्ने गरी अध्यादेश जारी गरेकै पर्सिपल्ट मधेसकेन्द्रित दुई राजनीतिक दलबीच पार्टी एकता घोषणा भएको छ । बुधबार राति समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर भएको हाे । एकीकरण समानताको आधारमा गरिने, एकीकृत  पार्टीको नाम ‘...बाँकी

‘अध्यादेश फिर्ता लेऊ नत्र आन्दोलन चर्काउँछौं’ : ४ विपक्षी दलको चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसहितका चार विपक्षी दलहरुले हालै सरकारद्वारा जारी राजनीतिक दल विभाजन र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिइए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । नेपाली कांग्रेस, समाजवादी पार्टी, राजपा र राप्रपाका शीर्ष नेताहरूको संयुक्त बैठकले यस्ताे चेतावनी दिएको हो । ...बाँकी

ओली–प्रचण्डलाई २० नेताको पत्र : ‘स्थायी र केन्द्रीय कमिटीको बैठक तत्काल बोलाइयोस्’ (पत्रसहित)

सत्तारुढ नेकपाको स्थायी कमिटीका २० जना सदस्यहरुले अध्यक्षद्वय खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुधबार पत्र लेखेर तत्काल स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउन आग्रह गरेका छन् । सरकारले हालै जारी गरेका दुइटा अध्यादेश र कोरोना संक्रमणको विषयमा छलफल गरी पार्टीलाई मार्गनिर्देश गर्न तत...बाँकी

सरकारद्वारा अकस्मात सन्देहास्पद दुई अध्यादेश सिफारिस, राष्ट्रपतिद्वारा तत्काल जारी

सोमबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले एकाएक दुई सन्देहास्पद अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्‍यो । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि लामै आन्तरिक गृहकार्यमा तयार भएको कुनै गम्भीर राजनीतिक ‘डिजाइन’ को झल्को आउने गरी कुनै परामर्श, सरोकारवालाहरुसँगको छलफल र सोचविचारको समय नै नलिई सिफारिस प्रा...बाँकी

निको भएर घर गइन् नेपालकी दोस्रो कोरोना संक्रमित प्रशिद्धि श्रेष्ठ (भिडियाेसहित)

नेपालमा प्रमाणित काेराेनाभाइरसकी दाेस्राे संक्रमित व्यक्ति प्रशिद्धि श्रेष्ठ २७ दिन टेकु अस्पतालमा उपचारपछि पूर्ण निकाे भएर शनिबार डिस्चार्ज भएकी छन् । १९ वर्षीया प्रसिद्धि पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएकी हुन् । चैत १० मा कोरोनाभाइरस पोजेटिभ देखिएपछि उनी राजधानीको टेकुस्थित शुक्रराज ...बाँकी

‘सङ्गठित प्रतिरोधका लागि एकजुट होऔं’ : सांस्कृतिककर्मी तथा राजबन्दीहरूको जीवनरक्षाका लागि संयुक्त अपिल

विश्वभर फैलिइरहेको र नेपाललाई समेत तीव्र चपेटामा पारिरहेको कोरोना महामारीका बीच पनि राज्यले अमानवीय ढंगबाट बन्दी बनाइरहेका सांस्कृतिककर्मी तथा राजबन्दीहरूको जीवनरक्षाका लागि ३२ जना लेखक, प्राध्यापक, पत्रकार र सामाजिक अभियन्ताहरूले शुक्रबार संयुक्त अपिल जारी गरेका छन् । नेपाल, भारत र विश्वभर बन्दी जी...बाँकी

र्‍यापिड टेस्टका ‘पोजेटिभ’ पीसीआरपछि सबै ‘नेगेटिभ’ : भेटिएनन् नयाँ संक्रमित (काेभिड अपडेट)

मंगलबार यता सप्तरी, धादिङ, काभ्रे, काठमाडौंलगायत विभिन्न स्थानका करिव आधा दर्जन नागरिकमा कोरोना संक्रमण भेटिएको भन्दै आएका खबरहरू अन्ततः झुटो सावित भएका छन् । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा ‘पोजेटिभ’ देखिएका ती सबैमा पीसीआर परीक्षणबाट ‘नेगेटिभ’ आएकाले विगत २४ घन्टामा गरिएको परीक्षणमा...बाँकी

‘डाक्टर–साक्टर चिन्दैनौं’ : चिकित्सकमाथि प्रहरीको कुटपिट

लकडाउन उल्लङघन गरेको भन्दै प्रहरीले चिकित्सकमाथि कुटपिट गरेको छ । त्रिभुवन शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टहरू शम्भु खनाल, तेजप्रकाश शाह र विकास शाहमाथि प्रहरीले बुधबार साँझ कुटपिट गरेका हुन् । क्यान्टिनमा खाना खाएर कोठामा फर्कने क्रममा प्रहरीले चिकित्सकहरुमाथि कुटपिट गरेको हो । अस्पतालबाट कान्ति...बाँकी

२१ लाख संक्रमित, झन्डै डेढ लाखको मृत्यु : अमेरिकामा साढे ६ लाख, भारतमा साढे १२ हजार (पूरा विवरण)

विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट बिहीबार (४ वैशाख, २०७७) बिहानसम्म संसारभरमा २०,८३,६०७ जना संक्रमित भएका छन् । यो महामारीका कारण यतिबेलासम्म १,३४,६३२ जनाले ज्यान गुमाइसकेका छन् । काेराेना संक्रमण निको हुनेको संख्या ५,१०,६६६ रहेको छ भने १४,३८,३०९ जना उपचाररत छन् । उपचार गराइरह...बाँकी

‘भाेकै पर्नुभाे ? लाइन बस्नोस्, निःशुल्क खानोस्’ : मनकारी युवाहरुको खाना अभियान (भिडियोसहित)

राजधानीको सिनामंगलस्थित भत्केको पुलसँगै चौरजस्तो खालि जमिन छ । साँझ ५ बजेदेखि त्यहाँ विभिन्न वेशभूषा, भाषाभाषी र भौगोलिक क्षेत्रका झन्डै साढे २ सय नागरिक करिव १ मिटरको दुरी बनाएर लाइन बस्छन् । कामनपा– ३१ मा पर्ने यस ठाउँमा लाम लागेका मान्छेलाई कामनपा– ९ मा पकाइएको खानाको प्याकेट साँझ ६ बजेदेखि बाँडि...बाँकी