newskoseli.Com

के–के छन् आ.व. २०७७/७८ को बजेटमा ? (पूर्णपाठसहित)

अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीबार सरकारको आर्थिक वर्ष २०७७/०७८ का लागि कूल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको वार्षिक आय–व्यय विवरण (बजेट) पेस गरेका छन् । अपराह्न ४ बजे संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाकाे संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले बजेट पेस गरेका हुन् । ...बाँकी

सुगौली सन्धिअघिको ‘स्केच म्याप’ ले नै भन्छ– कालीको मुहान लिम्पियाधुरा

सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ । सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र १८६० को नयाँ मुलुक सन्धि एवं ब्रिटिस सङ्ग्रहालयमा सुरक्षित सुगौली सन्धिअघि तयार पारिएको ‘स्केच म्याप’ ले समेत लिम्प...बाँकी

मुख्य सचिव रेग्मीले गरे नयाँ नक्साको प्रमाणीकरण : बुधबारै सार्वजनिक, देशभर यही प्रयाेग हुँदै

नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा प्रमाणीकरण गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेको प्रस्तावअनुसार मुख्य सचिव रेग्मीले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई दार्चुला जिल्लाको व्...बाँकी

१५ दिन फेरि लम्बियो लकडाउन : जेठ २० सम्म ‘बन्दाबन्दी’

चैत ११ देखि जारी लकडाउन अब कम्तिमा पनि जेठ २० सम्म कायम रहने भएको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले फेरि १५ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको छ । नेपाल सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले यसबारे जानकारी दिएका हुन् । यसअघि जेठ ५ सम्म लकडाउन तोकिएको ...बाँकी

के–के छन् सरकारकाे नीति तथा कार्यक्रममा ? (पूर्णपाठसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छन् । संघीय संसदका दुवै सदन (प्रतिनिधिसमा तथा राष्ट्रियसभा) को शुक्रबारको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम वाचन गरेकी हुन् । कोरोनाभाइरस महामारीका ब...बाँकी

संसदको बजेट अधिवेशन सुरु : सदनमै मागियो ओलीको राजीनामा

संघीय संसदको बजेट अधिवेशन शुक्रबार सुरु भएको छ । संघीय प्रतिनिधसभाकाे शुक्रबारको बैठकमा बोल्दै विभिन्न दलका शीर्ष नेतासहित कतिपय सत्तापक्षीय सांसदहरु समेतले प्रधानमन्त्रीको कडा आलोचना गरे र राजीनामा समेत मागे । शुक्रबारको बैठकमा बोल्दै कांग्रेस सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउ...बाँकी

लकडाउनभित्र के–के खुला, के–के बन्द ? (सूचीसहित)

सरकारले बिहीबार फेरि ११ दिनका लागि लकडाउन बढाएर जेठ ५ सम्म पुर्‍याएको छ । यो अवधि समेत सकिँदा नेपालमा ५६ दिने लकडाउन पूरा हुनेछ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन लम्ब्याएसँगै केही उद्योगहरु भने २६ वैशाखदेखि खुल्न दिने निर्णय गरेको छ । खाद्य, निर्माण र शैक्षिक सामग्रीसँग सम्...बाँकी

सय नाघे संक्रमित : १०१ जनामा काेराेना, ३० पुगे निको हुने

विराटनगरस्थित कोशी अस्पताल (कोभिड– १९ उपचार केन्द्र) मा उपचाररत थप ८ जना कोरोना संक्रमित निको भएका छन् । त्रियुगा नगरपालिका– ३, भुल्के, उदयपुरमा संक्रमण पुष्टि भएका थप ८ जनाको पछिल्ला तीन रिपोर्टमा निरन्तर कोरोना संक्रमण नेगेटिभ देखिएपछि उनीहरु निको भएका हुन् । भुल्केमा १६ जना जमातीसहित २८ जनामा ...बाँकी

स्थायी कमिटीका २० सदस्यको बेग्लै बैठक : सचिवालयले नसकेको एजेण्डा धुम्बाराहीमा निर्धारित !

बिहीबारका लागि बोलाइएको सत्ताधारी नेकपाको स्थायी कमिटीको बैठक बुधारै स्थगित भएको र अर्को मिति समेत अनिश्चित भएको सन्दर्भमा यसअघि नै अध्यक्षद्वयलाई पत्र लेखेर बैठक माग गर्ने २० जना नेताहरुले बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा बैठक गरे । २० वैशाखको सचिवालय बैठकले २५ वैशाखका लागि स्थायी कमिटीको बै...बाँकी

रिसाएर बैठकबाटै हिँडिदिए खड्ग ओली : नेकपाको स्थायी कमिटी बैठक अनिश्चित

बिहीबार सुरु हुने भनिएको स्थायी कमिटीको बैठकका एजेण्डा तय गर्न बुधबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा अल्पमतमा परेपछि एक अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली रिसाएर बैठकबाटै उठेर हिँडिदिएका छन् । ओली फन्केर बैठक छाड...बाँकी