newskoseli.Com

के–के छन् सरकारकाे नीति तथा कार्यक्रममा ? (पूर्णपाठसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छन् । संघीय संसदका दुवै सदन (प्रतिनिधिसमा तथा राष्ट्रियसभा) को शुक्रबारको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम वाचन गरेकी हुन् । कोरोनाभाइरस महामारीका ब...बाँकी

संसदको बजेट अधिवेशन सुरु : सदनमै मागियो ओलीको राजीनामा

संघीय संसदको बजेट अधिवेशन शुक्रबार सुरु भएको छ । संघीय प्रतिनिधसभाकाे शुक्रबारको बैठकमा बोल्दै विभिन्न दलका शीर्ष नेतासहित कतिपय सत्तापक्षीय सांसदहरु समेतले प्रधानमन्त्रीको कडा आलोचना गरे र राजीनामा समेत मागे । शुक्रबारको बैठकमा बोल्दै कांग्रेस सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउ...बाँकी

लकडाउनभित्र के–के खुला, के–के बन्द ? (सूचीसहित)

सरकारले बिहीबार फेरि ११ दिनका लागि लकडाउन बढाएर जेठ ५ सम्म पुर्‍याएको छ । यो अवधि समेत सकिँदा नेपालमा ५६ दिने लकडाउन पूरा हुनेछ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन लम्ब्याएसँगै केही उद्योगहरु भने २६ वैशाखदेखि खुल्न दिने निर्णय गरेको छ । खाद्य, निर्माण र शैक्षिक सामग्रीसँग सम्...बाँकी

सय नाघे संक्रमित : १०१ जनामा काेराेना, ३० पुगे निको हुने

विराटनगरस्थित कोशी अस्पताल (कोभिड– १९ उपचार केन्द्र) मा उपचाररत थप ८ जना कोरोना संक्रमित निको भएका छन् । त्रियुगा नगरपालिका– ३, भुल्के, उदयपुरमा संक्रमण पुष्टि भएका थप ८ जनाको पछिल्ला तीन रिपोर्टमा निरन्तर कोरोना संक्रमण नेगेटिभ देखिएपछि उनीहरु निको भएका हुन् । भुल्केमा १६ जना जमातीसहित २८ जनामा ...बाँकी

स्थायी कमिटीका २० सदस्यको बेग्लै बैठक : सचिवालयले नसकेको एजेण्डा धुम्बाराहीमा निर्धारित !

बिहीबारका लागि बोलाइएको सत्ताधारी नेकपाको स्थायी कमिटीको बैठक बुधारै स्थगित भएको र अर्को मिति समेत अनिश्चित भएको सन्दर्भमा यसअघि नै अध्यक्षद्वयलाई पत्र लेखेर बैठक माग गर्ने २० जना नेताहरुले बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा बैठक गरे । २० वैशाखको सचिवालय बैठकले २५ वैशाखका लागि स्थायी कमिटीको बै...बाँकी

रिसाएर बैठकबाटै हिँडिदिए खड्ग ओली : नेकपाको स्थायी कमिटी बैठक अनिश्चित

बिहीबार सुरु हुने भनिएको स्थायी कमिटीको बैठकका एजेण्डा तय गर्न बुधबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा अल्पमतमा परेपछि एक अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली रिसाएर बैठकबाटै उठेर हिँडिदिएका छन् । ओली फन्केर बैठक छाड...बाँकी

लकडाउन फेरि बढ्यो जेठ ५ सम्म : ‘महामारी नियन्त्रणभन्दा सत्ता जोगाउने मेलो’

चैत ११ देखि जारी लकडाउनलाई सरकारले फेरि जेठ ५ सम्म लम्ब्याएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले यसअघि २५ वैशाखसम्म कायम लकडाउनलाई जेठ ५ सम्म तन्काउने निर्णय गरेको हो । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले यसअघि नै ४५ दिन लकडाउन...बाँकी

विप्लव नेकपाका केन्द्रीय नेता अनिल शर्मा ‘विरही’ पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक चर्चित नेता अनिल शर्मा ‘विरही’ मंगलबार पक्राउ परेका छन् । चितवन निवासी शर्मा सो पार्टीका केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख हुन् । भर्‍याङबाट लडेर खुट्टामा सामान्य चोट लागेपछि नेता शर्मा उपचारका निम्ति पुरानो मेडि...बाँकी

७५ पुगे काेराेना संक्रमित : नेपालगञ्जमै भेटियो थप ६ मा कोरोना, एकै दिन बढे १६ संक्रमित

आइतबार अपराह्नसम्म बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना पुष्टि भएकामा साँझसम्म आइपुग्दा थप ६ समेत गरी एकै दिन १५ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा आइतबारै थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालगञ्जका १६, २१ र ३४ वर्ष...बाँकी

नेकपाभित्रको बबण्डर : कसले जित्यो, कसले हार्‍यो ?

सत्तारुढ नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेका बेला बुधबार साँझ बसेको केन्द्रीय सचिवालयको बैठकले विवादलाई झन् अन्योलमा धकेलेको थियो । नौ सदस्यीय सचिवालयका नेताहरुमध्ये अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ...बाँकी