newskoseli.Com

कोरोनाबाट नेपालमा दोस्रो मृत्यु : आइतबार २५ वर्षीय युवककाे निधन

कोरोनाभाइरसको संक्रमणबाट धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी २९ वर्षीया महिलाको कोभिड– १९ बाटै निधन भएको र उनी यस रोगबाट नेपालमा मृत्युवरण गर्ने पहिलो नागरिक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार औपचारिक घोषणा गरेकै भोलिपल्ट फेरि कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । बाँकेको नरैन...बाँकी

२९१ पुगे कोरोना संक्रमित : बिहानै थप १० जना संक्रमितको पुष्टि

नेपालमा फेरि थप १० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारै बिहानै जानकारी गराएको छ । यो संख्यासँगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिहान सवा सात बजे प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य ...बाँकी

कोरोनाबाट नेपालमा पहिलाे मृत्युको पुष्टि : २८१ पुगे संक्रमित

नेपालमा पहिलो पटक कोरोनाभाइरस (कोभिड– १९) बाट संक्रमित व्यक्तिको मृत्यु भएको सरकारले पुष्टि गरेको छ । सिन्धुपाल्चोक निवासी २९ वर्षीया सुत्केरी महिलाको काभ्रे सदरमुकाम धुलिखेलस्थित अस्पताल ल्याउने क्रममा कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ पुष्टि गरेको हो । ‘सिन्धु...बाँकी

फेरि थप ६ जनामा पुष्टि : २७३ पुगे कोरोना संक्रमित

शनिबार बिहान नेपालमा थप ६ जनामा कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण पुष्टि भएको छ । यससँगै कूल संक्रमित संख्या २७३ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणअनुसार वर्दियाको नार्खु– ११ निवासी २८ वर्षिया महिला, सिरहाको सखुवा– १९ निवासी ३० वर्षीय पुरूष, पर्साको वीरगञ्ज– १२...बाँकी

२६७ पुगे कोरोना संक्रमित : शुक्रबार साँझ थप ९ जनामा पुष्टि

शुक्रबार साँझ नेपालमा थप ९ जनामा कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण पुष्टि भएको छ । यससँगै कूल संक्रमित संख्या २६७ पुगेको छ । शुक्रबार साँझ थपिएका संक्रमितमा दाङको गढवा– ४ र ५ तथा तुलसीपुर– ७ का २३, ३४ र ३६ वर्षीय पुरुष गरी ३ जना रहेका छन् । त्यसैगरी, वीरगञ्जका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्ष...बाँकी

२५८ मा कोरोना : बिहानै थपिए ९ संक्रमित, काठमाडौंमा २ सहित बिहीबार ६ जना

शुक्रबार बिहानै काेराेनाभाइरसका थप ९ संक्रमितकाे पुष्टि भएकाे छ । बिहीबार साँझसम्म नेपालमा संक्रमितको संख्या २४९ रहेकामा शुक्रबार बिहानकाे समेत गरी कूल संक्रमित संख्या २५८ पुगेकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि हुनेको संख्...बाँकी

राजधानीको उत्तरपूर्वी नाकाबाट राजधानी छिर्नमा प्रतिबन्ध

कोरोना भाइरसको जोखिम हुन नदिन उत्तरपूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाइ गर्दै राजधानी छिर्न प्रतिबन्ध लगाएका छन् । यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिका क्षेत्रमा स्थानीय युवा नै खटिएर बाहिरबाट आउनेलाई रोक लगाउन थालेका हुन् । बूढानीलकण्ठ नगरपालिकाको शिव...बाँकी

२४३ पुगे कोरोना संक्रमित : बुधबार थपिए २४ जना

बुधबार साँझसम्मको विवरणअनुसार नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी २४ जनामा कोभिड– १९ को संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा ९ पुरुष र ३ महिला, कपिलवस्तुमा ८ पुरुष, पर्सामा २ पुरुष र ...बाँकी

‘कार्यक्षेत्रमा खटिएका सबै पत्रकारको तत्काल पीसीआर परीक्षण गर’

नेपाल प्रेस युनियन चितवन शाखाले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै कार्यक्षेत्रमा खटिएका सबै पत्रकारको तत्काल पीसीआर परीक्षणको व्यवस्था मिलाइदिन माग गरेको छ । युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको नेतृत्वको टोलीले भट्टराईलाई बुधबार ज्ञापनपत्र बुझाएको हो । ‘नेपालमा कोभ...बाँकी

२१७ पुगे संक्रमित : भक्तपुरमा २ र काठमाडौंमा १ सहित मंगलबारै ८३ मा कोरोना पुष्टि

मंगलबार एकै दिन नेपालका विभिन्न ठाउँमा गरी ८३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्यासँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । र, यीमध्ये ३४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने बाँकी १८३ जना उपचाररत छन् । मंगलबार राजधानी उपत्यकामा समेत ३ जनामा संक्रमण पुष्टि...बाँकी