newskoseli.Com

ओलीले गरे ‘आत्मालोचना’, वैशाख २५ मा स्थायी कमिटीको बैठक, वामदेवलाई संसदकाे उम्मेवार बनाइने

सत्तारुढ नेकपाको केन्द्रीय सचिवालयको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले ‘आत्मालोचना’ गरेका छन् । सोही बैठकले वैशाख २५ मा पार्टीको स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । बैठकले ‘उपयुक्त समयमा’ वामदेव गौतमलाई प्रतिन...बाँकी

५९ पुगे कोरोनापीडित : रुपन्देही र बाँकेमा भेटिए दुई संक्रमित

नेपालभित्र कोरोनाभाइरस (काेभिड– १९) संक्रमितको संख्या ५९ पुगेको छ । शुक्रबार रुपन्देही र बाँकेमा गरी दुई संक्रमित पुष्टि भएसँगै यो संख्या पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय युवक र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुवैको अवस्था सामा...बाँकी

राेल्पामा बम बिस्फोट : बाख्रा चराएर फर्किरहेका ४ बालबालिकाको मृत्यु

त्रिवेणी गाउँपालिका– ७, रोल्पामा बिहीबार बम विष्फोट हुँदा चार बालबालिकाको ज्यान गएको छ । बाख्रा चराएर घर फर्कने क्रममा बेबारिसे बम खेलाउँदा अकस्मात विष्फोट भई चार बालबालिकाको मृत्यु भएको बताइएकाे छ । घटनाको जानकारी पाएलगत्तै घटस्थलमा होलेरी र जुँगारबाट प्रहरी टोली पठाइएको प्रदेश– ५ प्रहरी कार्याल...बाँकी

मनकारी घरबेटी, जसले बाँडे प्रत्येक डेरावाललाई प्रतिबोरा चामल (भिडियोसहित)

कोरोनाभाइरस संक्रमणको डरले राजधानीका कतिपय घरबेटीले डेरावालहरुलाई अप्ठ्यारोमा पारेका, दुर्व्यवहार गरेका र लकडाउनकै बीच कोठाबाट निकालिदिएका समेत केही समाचार प्रकाशमा आए । तर, राजधानीमै यस्ता मनकारी घरबेटी पनि भेटिए, जसले आफूकहाँ डेरा बस्ने प्रत्येक परिवारलाई एक–एक बोरा चामल उपलब्ध गराए । राजधानीको...बाँकी

ओली–प्रचण्ड बैठक : बुधबार सचिवालय बैठक, के–के भए छलफल ?

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष खड्गप्रसाद ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट र छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार दिउँसो भएको दुई अध्यक्षबीचको छलफलपछि दुई अध्यक्षबीच बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच करिव एक घन्टा च...बाँकी

१९ वर्षीया कोरोना संक्रमित अंशु सापकोटा पनि डिस्चार्ज, निको हुने १० पुगे

बागलुङ नगरपालिका– ४, कुँडुलेकी १९ वर्षीया अंशु सापकोटा पनि कोरोनाभाइरस जितेर शुक्रबार राति डिस्चार्ज भएकी छन् । बेल्जियमबाट चैत ४ मा नेपाल आएकी सापकोटाको चैत १२ मा स्वाब संकलन गरी काठमाडौं ल्याएर परीक्षण गर्दा चैत १५ मा कोरोनाभाइरस पोजिटिभ पुष्टि भएको थियो । अस्पतालमा एक महिना लामो आइसोलेसन बसाइप...बाँकी

अन्ततः पछि हटे ओली : दुवै अध्यादेश खारेज !

सोमबार अकस्मात जारी गरिएका दुई विवादास्पद अध्यादेशको सत्ताधारी पार्टी नेकपाभित्र र बाहिर चौतर्फी विरोध भएपछि अन्ततः सरकारले शुक्रबार ती अध्यादेश खारेज गर्ने निर्णय लिएको छ । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक दल र संवैधानिक परिषदस‍म्बन्धी दुवै अध्यादेश खारेज गर्ने निर्णय गरेको हो ।...बाँकी

फेरि बोलाइयो मन्त्रिपरिषद बैठक : एउटा अध्यादेश खारेज हुँदै, अर्काे कायमै रहने

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो ११ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । पार्टीभित्र सल्लाह नै नगरी सोमबारको मन्त्रिपरिषदबाट सिफरिस गरेर राष्ट्रपतिद्वारा तत्काल जारी गरिएका दुई अध्यादेशको पार्टीभित्र र बाहिर चर्को विरोध भएपछि शुक्रबार अर्को बैठक बोलाइएको हो । मंगलबार र बुधबार प्रधा...बाँकी

४५ पुगे कोरोना संक्रमित, ७ पुगे निको हुने : ३ संक्रमित थपिए, २ जना निकाे भए

बुधबार थप तीन जनामा कोरोना भाइरस (कोभिड– १९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । बुधबारै थप दुई जना संक्रमित निको भएर फर्किएका छन् । अब कोरोना संक्रमण निको हुनेको संख्या सात पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जना...बाँकी

ज्ञानेन्द्र शाही सुनाकोठीबाट पक्राउ : लकडाउन उल्लंघनको आरोप

ललितपुरको सुनाकोठीबाट मंगलबार ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ज्ञानेन्द्रले कसरी लकडाउन उल्लंघन गरे वा उनका कुन क्रियाकलापका कारण लकडाउन उल्लंघन भयो भन्नेबारे सरकार र प्रहरीले केही खुलाएका छैनन् । तर, लकडाउन उल्लंघन...बाँकी