प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङले चाँँडै नै नेपालको भ्रमण गर्ने सम्भावना रहेको जानकारी पार्टीलाई गराएका छन् । पार्टी अध्यक्ष समेत रहेको प्रधानमन्त्री ओलीले बुधबार बसेको नेकपाको सचिवालय बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीको हालैको भ्रमण त्यसकै पूर्वतयारीका रुपमा रहेको संकेत...बाँकी
दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का साइँला भाइ हुन् ।
२०७४ असोज २३ मा घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी नेपाल निर्माण व्यवसायी म...बाँकी
१४ मंसिरमा हुने उपनिर्वाचनका लागि ३७ जिल्लामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाता रहेको निर्वाचन आयोगले बताएको छ । विभिन्न ३७ जिल्लामा हुने उपनिर्वाचनका लागि १ सय ५४ वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली संकलन भएको आयोगले बताएको हो । आयोगले मतदाता नामावलीउपर दाबी विरोध समेत आह्वान गरेको छ ।
आयोगक...बाँकी
प्रदेश– ५ का मुख्यमन्त्री एवं सत्तारूढ नेकपाका प्रदेश इन्चार्ज शंकर पोखरेलले काठमाडौंमा केन्द्रित अभ्यास छिचोल्नु नै संघीयता कार्यान्वयनका लागि सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।
‘राजनीतिक र प्रशासनिक हिासबले मात्र होइन, आर्थिक र समाजिक रुपमै केन्द्रीकृत मानसिकता छ’ मंगलबार राजधानीमा केही सञ...बाँकी
नेपाल राष्ट्र बैंक, टक्सार विभागले वाङ्मय शताब्दीपुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको चित्र अंकित तीन वटा सिक्का निष्काशन गरेको छ । जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक, टक्सार विभागले टकमरी गरिएका सिक्का निष्काशन गरेको हो ।
वि.सं. १९७७ वैशाख ३० गते कृष्ण नवमीका दिन ललितपुरको बख...बाँकी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय नेपाल र भारतबीच अभूतपूर्व निकटता कायम भएको बताएका छन् । भिडियो कन्फ्रेन्समार्फत मंगलबार द्विदेशीय पेट्रोलियम पाइपलाइन उदघाटन गर्दै उनले दुई देशीबीच उच्च राजनीतिक तहमा संवाद र भेटघाट बढेको भन्दै यसलाई उपलब्धिका रुपमा अर्थ्याए ।
‘केही वर्षयता हामीबीच...बाँकी
नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नेपाली नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अल्झाएको छ ।
विधेयकका अधिकांश विषयमा सहमति जुटाइसकेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति त्यही विषयमा अड्किएको महिनौं भइसक्यो । विवादित विषयमा सहमति जुटाउन बनाइएको उपसमितिले ...बाँकी
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्ला तहसम्म पनि देखिएको छ ।
नेकपाभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल, नारायकाजी श्रेष्ठ तथा रामबहादुर थापा ‘बादल’ ले छुट्टाछुट्टै गुट सञ्...बाँकी
ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ ।
सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन् । नेकपाका अध्यक्ष पुष्पकमल...बाँकी
सातै प्रदेशका कतिपय स्थानीय तहमा प्रमुख–उपप्रमुखबीच शीतयुद्ध चर्किएको छ । केहीको बोलचाल बन्द छ । केही जनप्रतिनिधि अधिकार खोसिएको भन्दै अदालत पुगेका छन् ।
बजेट बाँडफाँट, योजना तर्जुमा, निजी स्वार्थ, दलभित्रको गुटलगायका कारण विवाद चुलिएको हो । ‘जनप्रतिनिधि’ बीच द्वन्द्व बढेपछि विकास निर्माणमा अवरोध...बाँकी