नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नेपाली नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अल्झाएको छ ।
विधेयकका अधिकांश विषयमा सहमति जुटाइसकेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति त्यही विषयमा अड्किएको महिनौं भइसक्यो । विवादित विषयमा सहमति जुटाउन बनाइएको उपसमितिले समेत समस्या सुल्झाउन सकेको छैन ।
चैत ७ मा गठित सांसद विजय सुब्बा नेतृत्वको उपसमितिले भदौ ४ मा बुझाएको प्रतिवेदनमा उक्त विषयलाई सहमति हुन नसकेको सूचीमा राखिको छ । समितिको बुधबार बस्ने बैठकमा विवादित विषयमा छलफल हुने भएको खबर राजेश मिश्रको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।