newskoseli.Com

प्रचण्डका घरबेटीलाई मेलम्चीको ठेक्का !

ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ ।

सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनकै घरमा बस्दै आएका छन् । दाहालकी बुहारी बिना मगर खानेपानी मन्त्री छिन् ।

सैलुङले भारतीय सीआईपीईएलसँग ज्वाइन्ट भेन्चरमा १ अर्ब ४१ करोड रुपैयाँको लागतमा १ सय ५ किलोमिटर पाइपलाइन र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का पाएको खबर हिमाल लम्सालको बाइलाइनमा बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर