newskoseli.Com

हराएको ५० घन्टापछि जंगलमा भेटिइन् बालिका

सिरिजंघा गाउँपालिका– १, ताप्लेजुङकी एक दुईवर्षीया बालिका सुम्निमा इवाराम घरबाट हराएको दुई दिनपछि फेला परेकी छन् । हराएकी उनलाई प्रहरी र आफन्तले ५० घन्टापछि जंगलमा भेटेका हुन् । सदरमुकाम फुङ्लिङबाट गएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टोलीले बालिकाको उद्धारपछि परिवारलाई जिम्मा लगाएको...बाँकी

विप्लव नेकपामा ‘शुद्धीकरण’ : १७ नेताको ‘घटुवा’, स्थायी समिति र पोलिटब्युरो भंग, केहीमाथि ‘कारबाही’ हुने !

‘शुद्धीकरण अभियान चलाउन’ भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको खबर छ । केही दिनअघि बसेको सो पार्टीको स्थायी कमिटीको बैठकले ५ सदस्यीय स्थायी समिति र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब सो पार्टीका सबै कमान्ड महासचिव विप्लव आफै...बाँकी

मन्त्रिपरिषदका निर्णय अख्तियारले हेर्न नमिल्ने : केमा तर्सियो सरकार ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा मन्त्रिपरिषद् र मन्त्रिपरिषदका समितिले गरेका कुनै पनि निर्णयलाई अख्तियारले हेर्न नपाउने प्रावधान सरकारले राखेको छ । अहिले कार्यान्वयनमा रहेको ऐनमा मन्त्रिपरिषदका नीतिगत निर्णयलाई मात्रै हेर्न नपाउने प्रावधान छ । अख्तियार दुर...बाँकी

झलनाथको झटारो : ‘मन्त्रीको काम र योग्यता कमजोर छ, हेरफेर जरुरी भो’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्रीपरिषद हेरफेर गर्नु जरुरी रहेको बताएका छन् । केही मन्त्रीको काम र योग्यता कमजोर देखिएको उनको भनाइ छ । झापाको बिर्तामोडमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले सरकारका कामकारबाहीको पार्टीले ...बाँकी

निर्मला हत्याकाण्ड : अनुसन्धानको ‘नयाँ आयाम’, के भने गृहमन्त्री बादलले ?

निर्मला हत्याकाण्डबारे प्रहरीले ‘नयाँ शैली’ ले अनुसन्धान सुरु गरेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले जानकारी दिएका छन् । राष्ट्रियसभा अन्तर्गत प्रत्यायोजित विधायन तथा आश्वासन समितिको सोमबारको बैठकमा गृहमन्त्री थापाले निर्मला हत्याकाण्डका बारेमा भएको विगतको अनुसन्धान पद्धतिलाई नै विस्थापित गर्द...बाँकी

‘बार्गेनिङ नमिल्दा’ १९ अर्बका चेक अझै सरकारी घर्रामै !

आर्थिक वर्ष सकिएको दुई साता बितिसक्दा पनि १९ अर्ब रुपैयाँ बराबरको चेक साट्न बाँकी छ । असार मसान्तसम्म चेक काटिए पनि विकास निर्माणका काम गर्ने र वस्तु तथा सेवा आपूर्ति गर्ने ठेकेदारलाई सम्बन्धित कार्यालयले हस्तान्तरण नगर्दा साट्न ढिलो भएको कोष तथा लेखा नियन्त्रक कार्यालय स्रोतले बतायो । विगतदेखि न...बाँकी

अशक्त किशोरीमाथि सामूहिक बलात्कार : ‘पञ्चायत’ ले गरायो ‘मिलापत्र’ !

सामूहिक बलात्कारको एक घटनामा गाउँमै ‘क्षतिपूर्ति’ दिलाएर ‘मिलापत्र’ गराइएको खुलेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । रंगेली– ९, संखुवाथानकी १६ वर्षीया एक अशक्त किशोरीलाई स्थानीय तीन युवाले २० असारमा बलात्कार गरेको अलि ढिलो खुलेपछि अनुसन्धान थालिएको प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताए । स्थानी...बाँकी

‘कामै नलाग्ने भए त नेपालका विश्वविद्यालय ?’

विदेश पढ्न जाने नेपाली विद्यार्थीको संख्या हरेक वर्ष बढेको तथ्यांकले देखाएको छ । विदेश अध्ययनका निम्ति शिक्षा मन्त्रालयले दिने ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)’ लिनेको संख्या ८ वर्षमा करिव ५ गुणा बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा ६३ हजार २ सय ५९ जनाले एनओसी लिएका छन् भने २०६८/६९ मा १० हजार ३ सय २४...बाँकी

‘हात्ती छिर्‍यो, पुच्छर अड्क्यो’ : सत्ताधारी नेकपाको हालत !

पार्टी एकीकरण भएको ढेड वर्षको अवधिमा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले असाध्यै जटिल मानिएका सांंगठानिक एकीकरणका अनेकौं काम सम्पन्न गरिसकेको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका अध्यक्ष र सचिव, जनवर्गीय संगठनको एकीकरणलगायतका काम सो पार्टीले सम्पन्न गरिसकेको...बाँकी

‘बालुवाटार जग्गा प्रकरण’ झन् रहस्यमय : आरोपित श्रेष्ठले किन गरे ‘आत्महत्या’ ?

प्रधानमन्त्रीको सरकारी निवासको बालुवाटारस्थित बहुचर्चित जग्गा प्रकरण (ललितानिवास प्रकरण) मा मुछिएका नेपाली कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले ‘आत्महत्या’ गरेका छन् । राजधानीको माछापोखरीस्थित ‘हिमालय सिटी सपिङ सेन्टर’ को ८औं तलाबाट हामफालेर उनले आत्महत्या गरेको जानकारी प्रहरीले दिएको ...बाँकी