newskoseli.Com

एउटा मुद्दा लड्न गाडी भाडा मात्रै १४ लाख : कति खर्चिलो छ जनतालाई न्याय !

जिल्ला अदालतको त्रुटिपूर्ण फैसलाले आफू अन्यायमा परेको भन्दै त्रियुगा नगरपालिका– ११, चप्पन, उदयपुरकी देवीमाया कटुवालले निर्णय बदरको माग गर्दै तीन वर्षदेखि उच्च अदालत ओखलढुंगा धाइन् । सरकारवादी यस मुद्दामा उच्च अदालतले जिल्लाकै निर्णय सदर गर्यो । देवीमायासँग अदालतको फैसला स्वीकार्नुको विकल्प थिएन ।...बाँकी

कति तात्दैछ पृथ्वी ? यस्तो छ काठमाडौंको अवस्था…

जलवायु परिवर्तनका कारण विश्वको तामक्रम बढ्दै गएको छ । सन् २०१९ को जुलाई अहिलेसम्मकै तातो महिना सावित भएको छ । वैज्ञानिकहरूले विश्वको तापमान औसत १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन चेतावनी दिएका छन् । तीव्र औद्योगिकीकरणका कारण सन् १८५० देखि १९०० को अवधि अत्यधिक तातेको थियो । त्यसयता १ डिग्री सेल्सि...बाँकी

१८ प्रतिशत बढ्यो ‘भीभीआईपी/भीआईपी’ को तलब : कसको कति पुग्यो ?

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसदका दुवै सभाका सदस्यम्मको तलब–भत्ता सरकारले १८ प्रतिशतले बढाएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा साउन १ देखि लागू हुने गरी ‘विशिष्ट पदाधिकारी’ को तलब वृद्धि गरेको हो । जेठ १५ मा सरकारले ल्याएको बजेटमा राष्ट्रस...बाँकी

१६ वर्षे चन्दनिया : काखमा डेढवर्षे छोरो, पेटमा पनि ७ महिने बच्चा !

चन्दनियादेवी सदा १६ वर्षकी भइन् । तीन वर्षअघि नै उनको विवाह भएको थियो । अहिले काखमा छोरो छ भने गर्भमा अर्को बच्चा पनि । शारीरिक रूपमा कमजोर देखिएकी चन्दनियालाई ढेड वर्षे छोरो सम्हाल्न गाह्रो छ । गर्भको बच्चा सात महिना पुगिसकेको छ । चन्दनियालाई परिवारनियोजनका साधनबारे जानकारी छैन । यसबारे सोध्दा उनी ...बाँकी

हजारभन्दा बढी सुरक्षाकर्मी अझै ‘घरेलु कामदार’ !

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको लैनचौरस्थित निजी निवासमा सैनिक कामदार छैनन् । आमा–बुबा सोही निवासमा बस्दै आएकाले सुरक्षार्थ सैनिक गार्डहरू खटाइए पनि कामदार कर्मचारी देखिँदैनन् । उनको निवासभन्दा करिव दुई सय मिटरको दुरीमा रहेको एक अर्का उच्च सैनिक अधिकारीका घरमा मूलढोकादेखि भान्सासम्...बाँकी

निस्क्रिय भैसकेको मनसुन सक्रिय हुने : देशभर फेरि वर्षाको सम्भावना

एक सातायता निस्क्रिय रहेको मनसुन अब फेरि सक्रिय हुने भएको छ । मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा (मनसुन ट्रफ) भारतको उत्तरी भूभागतर्फ सर्ने क्रम सुरु भएसँगै नेपालमा वर्षाको प्रभाव दोहोरिने भएको हो । मनसुन ट्रफ सामान्य रेखा नजिक सर्न थालेको र केही दिनभित्रमा नेपाल नजिक आउने भएकाले निस्क्रिय मनसुन...बाँकी

मंसिर १४ मा ५० स्थानमा उपनिर्वाचन

देशका विभन्न स्थान र तहमा रिक्त रहेका ५० स्थानमा मंसिर १४ मा उपनिर्वाचन गर्ने विषयमा निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलहरूबीच सहमति भएको छ । बिहीबार निर्वाचन आयोगमा भएको सर्वदलीय बैठकमा उपस्थित अधिकांश राजनीतिक दलहरूले मंसिरमा चुनाव गराउन उपयुक्त हुने सुझाव दिए । यही सुझाव र सहमतिका आधारमा आ...बाँकी

युवतीको कोठाभित्र राजधानीमै गोली हान्ने को हाे ?

राजधानीको कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरको तेस्रो तलामा सोमबार राति छिरेको गोली कसले हानीको हो भन्नेबारे प्रहरी अझै निष्कर्षमा पुग्न सकेको छैन । शर्माका छिमेकी पूर्वउपसचिव शुभांकर ढकाललाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियो । ढकालले लाइसेन्स लिएर घरमा राखेका दुई थान बन्दुकबाट ...बाँकी

पौडेलसँग कड्किए देउवा : ‘मलाई भिलेन बनाएर आफू हिरो हुन खोज्ने ?’

पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका ल्याउने कि नल्याउने भन्ने सवालमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्को आरोप–प्रत्यारोप चलेको छ । केन्द्रीय कार्यसमिति बुधबारको बैठकमा देउवाले महाधिवेशन नगराई आफ्नै नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिन खोजेको धारणा पौडेलले रा...बाँकी

सत्ताधारी नेकपाको दस्तावेज : ‘नेपाली सर्वहारा–श्रमजीवी वर्गको राजनीतिक दल’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफूलाई ‘नेपाली सर्वहारा–श्रमजीवी वर्गको दल’ का रूपमा व्याख्या गरेको छ । १४ महिनाअघि सम्पन्न नेकपाको केन्द्रीय कमिटीको बैठकबाट पारित राजनीतिक प्रतिवेदनमा आफूलाई श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने उल्लेख गरिएको छ । सो प्रतिवेदन हालै प्रकाशित भएको छ । ‘वर्गीय तथा स...बाँकी