राजधानीको कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरको तेस्रो तलामा सोमबार राति छिरेको गोली कसले हानीको हो भन्नेबारे प्रहरी अझै निष्कर्षमा पुग्न सकेको छैन ।
शर्माका छिमेकी पूर्वउपसचिव शुभांकर ढकाललाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियो । ढकालले लाइसेन्स लिएर घरमा राखेका दुई थान बन्दुकबाट गोली चलेको हुन सक्ने प्रहरीको आशंका थियो । तर, फरेन्सिक जाँचमा घरभित्र भेटिएको गोली ढकालको बन्दुकबाट नचलेको पुष्टि भएपछि प्रहरीले उनलाई छाडेको छ ।
शर्माकी छोरी बस्ने कोठामा राति साढे ९ बजेतिर झ्यालबाट गोली छिरेको थियो । गोली कसले हान्यो भन्नबारे अहिलेसम्म यकिन गर्न नसकिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताएको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।