newskoseli.Com

हजारभन्दा बढी सुरक्षाकर्मी अझै ‘घरेलु कामदार’ !

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको लैनचौरस्थित निजी निवासमा सैनिक कामदार छैनन् । आमा–बुबा सोही निवासमा बस्दै आएकाले सुरक्षार्थ सैनिक गार्डहरू खटाइए पनि कामदार कर्मचारी देखिँदैनन् ।

उनको निवासभन्दा करिव दुई सय मिटरको दुरीमा रहेको एक अर्का उच्च सैनिक अधिकारीका घरमा मूलढोकादेखि भान्सासम्म पाँच जना सैनिक कर्मचारी कार्यरत छन् । उनीहरू घरको सरसफाइदेखि भात पकाउनेसम्म ‘घरेलु कामदार’ का रूपमा प्रयोग हुँदै आएका छन् ।

त्यसो त सेना, प्रहरी र सशस्त्र प्रहरी गरी करिव १५ हजार सुरक्षाकर्मी व्यक्तिगत सुरक्षामा नै परिचालन हुने गरेका छन् । तीमध्ये एक हजार त ‘घरेलु कामदार’ का रूपमा कार्यरत छन् । नयाँ कार्यविधि बनाएर ‘घरेलु कामदार’ को व्यवस्था हटाउने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताएको खबर देवबहादुर कुँवरको बाइलाइनमा शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर