newskoseli.Com

१६ वर्षे चन्दनिया : काखमा डेढवर्षे छोरो, पेटमा पनि ७ महिने बच्चा !

‘केटाकेटी जवान भएपछि बिहे गरिदिने हो, कसले उमेर हेरिरहन्छ ?’

चन्दनियादेवी सदा १६ वर्षकी भइन् । तीन वर्षअघि नै उनको विवाह भएको थियो । अहिले काखमा छोरो छ भने गर्भमा अर्को बच्चा पनि । शारीरिक रूपमा कमजोर देखिएकी चन्दनियालाई ढेड वर्षे छोरो सम्हाल्न गाह्रो छ । गर्भको बच्चा सात महिना पुगिसकेको छ । चन्दनियालाई परिवारनियोजनका साधनबारे जानकारी छैन । यसबारे सोध्दा उनी लजाउँछिन् मात्र ।

मनरा सिसवा नगरपालिका– १०, मधवा टोल, महोत्तरीका मुसहरी वस्तीमा अधिकांश छोरीको बिहे १० देखि १२ वर्षकै उमेरमा हुन्छ । बिहे भएको एक–दुई वर्षमै आमा बनेपछि उनीहरू शारीरिक रूपमा कमजोर हुन्छन् । सन्तान पनि कुपोषित छन् ।

सोमित्रादेवी सदाले दुई वर्षअघि बुहारी भित्र्याइन् । छोरा रामबाबु सदाको उमेर १६ वर्षको थियो । बुहारी इन्दिरा १२ वर्षकी थिइन् । इन्दिराले छोरी जन्माइसकेकी छन् । सुमित्राले खुसी हुँदै भनिन्– ‘आब एगो पोताके रस्ता देखैछियै (अब एउटा नातिको बाटो कुर्दै छु) ।’

मुसहर टोलमा अधिकांशको उमेर नपुग्दै बिहे हुन्छ । ‘छौरा छौरी जुवान भगेल त वियाह कदेली उमेरसे कथि होईहै (केटाकेटी जवान भएपछि बिहे गरिदिने हो, उमेरले के हुन्छ ?’ टोलकी वृद्धा सन्तोलियादेवी सदाले भनिन्– ‘हाम्रो बेलामा त झन् बच्चैमा बिहे हुन्थ्यो ।’

सानैमा बिहे गर्ने परिपाटी र परिवारनियोजनको साधनमा पहुँच नहुँदा अधिकांश महिला धेरै बच्चा पाउन बाध्य छन् । यस्ता बच्चामा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर