newskoseli.Com

निर्मला हत्याकाण्ड : अनुसन्धानको ‘नयाँ आयाम’, के भने गृहमन्त्री बादलले ?

निर्मला हत्याकाण्डबारे प्रहरीले ‘नयाँ शैली’ ले अनुसन्धान सुरु गरेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले जानकारी दिएका छन् ।

राष्ट्रियसभा अन्तर्गत प्रत्यायोजित विधायन तथा आश्वासन समितिको सोमबारको बैठकमा गृहमन्त्री थापाले निर्मला हत्याकाण्डका बारेमा भएको विगतको अनुसन्धान पद्धतिलाई नै विस्थापित गर्दे नयाँ सूत्र लगाएर अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागेको जानकारी दिए ।

२०७५ साउन १० मा कन्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखाममा पन्तको बलात्कारपछि हत्या भएपछि उक्त मुद्धा अन्तर्राष्ट्रियकरण हुनुका साथै सरकारमाथि पटक–पटक दबाव परेको थियो । उक्त हत्याकाण्डमा कुनै ‘ठूला’ भनिएका व्यक्तिलाई जोगाउन कुनै प्रकारको षड्यन्त्र नभएको पनि गृहमन्त्री थापाले बताए ।

उक्त घटनामा जतिसुकै ‘हाई–प्रोफाइल’ का मान्छे संलग्न रहेको तथ्य पत्ता लाग्यो भने पनि सरकारले कारबाही गरेरै छाड्ने दावी उनले गरे । यसअघि निर्मला हत्याकाण्डमा संलग्न रहेका भनिएका दिलीपसिंह विष्टको बारेमा समेत सुरक्षा निकायले फरक ढंगले अनुसन्धान सुरु गरेको जानकारी गृहमन्त्री थापाले दिएको खबर मंगलबारका पत्रपत्रिकाले प्रकाशित गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर