newskoseli.Com

‘अविवाहित छोरी’ का बालबच्चा, जिम्मा लिने माइती नै !

‘अविवाहित छोरी’ ले जन्मघरमै बच्चा जन्माउँदा बा–आमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । यो अनौठो प्रचलन कतिपयलाई त अपत्यारिलो पनि लाग्ला । तर, अपत्यारिलो भए पनि हुम्लामा अझै यस्तो परम्परा कायम छ । नाम्खा गाउँपालिकास्थित ‘हिमालपारिको गाउँ’ का रूपमा परिचित लिमी ...बाँकी

ओली–प्रचण्ड ‘वन–टु–वन’ बैठक : के–केमा जुट्यो सहमति ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को १३ महिनादेखि थाती रहेको राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार सहमति जुटेको छ । एकता हुँदा गरिएको सहमतिबाट पछि हट्दै त्यस बेलाको राजनीतिक प्रतिवेदनलाई परिमार्जन गरेर ‘जनताको बहुदलीय जनवाद...बाँकी

तरकारी आयात–निर्यात : नेपालीलाई सास्ती, भारतीयलाई मस्ती…

तरकारी भारतबाट नेपालमा मात्र आउँदैन, नेपालबाट भारततिर पनि जान्छ । तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीहरुबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन् । भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारीको विषादी परीक्षण रोकेको छ । भारतको पनि सीमा नजिक क्वारेन्टाइन प्रयोगशाला छ...बाँकी

‘भारतसामु झुकेकै हो सरकार ?’ सत्तारुढ सांसदकै प्रश्न…

भारतबाट आयातीत तरकारी र फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतसामु झुकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले प्रधामन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । पार्टी संसदीय दलको शनिबारको बैठकमा उनीहरुले ‘राष्ट्रवादी’ छवि बनाएको सरकारबाटै यस्तो निर्णय आउनु आश्चर्यजनक भएको बताए । प्रधानमन्त्री केपी...बाँकी

‘हास्यको पात्र प्रधानमन्त्री ओली’ : कांग्रेस नेता

प्रधानमन्त्री केपी शर्मा ओली हास्यको पात्रका रुपमा चिनिएको आरोप प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले लगाएका छन् । प्रधानमन्त्री ओलीले देशलाई सही बाटोमा अघि बढान नसकेको आरोप कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले लगाएका छन् । ‘प्रधानमन्त्री आलीजी हास्यास्पद पात्र बन्नुभयो, उहाँ बिहान उठ...बाँकी

एसईईमा उत्तरपुस्तिका साटेको आशंका, समिति बनाएरै छानबिन जारी

गत चैतमा सम्पन्न एसईई परीक्षामा एक परीक्षार्थीले बाहिरबाट लेखेर ल्याएको उत्तरपुस्तिकासँग मूल उत्तरपुस्तिका साटेको आशंकामा राष्ट्रिय परीक्षा बोर्डले छानबिन थालेको छ । जुम्लाको जनता मावि महतगाउँका विद्यार्थी विमल भण्डारीमाथि छानबिन थालिएको हो । भण्डारीले जुम्लाकै कर्णाली मावि अनामनगर केन्द्रबाट परी...बाँकी

झगडा गर्नु पनि ‘फाइदाजनक’ !

घरमा बालबालिका एकापसमा झगडा गर्दा तपाईंहरू के गर्नुहुन्छ ? पक्कै पनि बालबालिकालाई गाली गर्ने र छुट्याउने गर्नुहुन्छ । तर, बालबालिकाका स–साना झगडा उनीहरूकै लागि ‘फाइदाजनक’ हुने चिकित्सकहरु बताउँछन् । बाल्यकालमा बच्चाहरू झगडा गर्छन् भने त्यसलाई धेरै हदसम्म छुट दिएकै राम्रो हुने पाटन स्वास्थ्य विज्ञ...बाँकी

स्वयम्भूमा दलाई लामाको ‘जन्मोत्सव’, सरकारले लगाइदियो रोक

तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन गृह मन्त्रालयले रोक लगाएको छ । तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो । जन्मोत्सव मनाउन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले मागेको अनुमति जिल्ला प्रशासन कार्यालय काठमा...बाँकी

५० प्रतिशत बढ्यो भारतले नेपाललाई दिने अनुदान

भारतमा हालै भएको निर्वाचनमा विशाल जनमतसहित निर्वाचित नरेन्द्र मोदी नेतृत्वको सरकारले दोस्रो कार्यकालको पहिलो बजेट प्रस्तुत गरेको छ । भारतको इतिहासकै पहिलो पूर्ण महिला अर्थमन्त्री निर्मला सिथारमणले शुक्रबार सदनमा आर्थिक वर्ष २०१९–२० को बजेट प्रस्तुत गरेकी हुन् । चुनावअघि ल्याइएको बजेटमा नेपाललाई ७...बाँकी

कुन मन्त्रीको पढाइ कति ? ओली सरकारका एसएलसीदेखि पीएचडी पास मन्त्रीहरू

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा पीएचडी गरेका डाक्टरदेखि माध्यमिक तहको अध्ययन मात्र गरेकासम्म नेता सहभागी छन् । कूल २४ जनाको क्याबिनेटमा २ जनाले पीएचडी, ६ जनाले स्नातकोत्तर, ९ जनाले स्नातक, ४ जनाले प्रवीणता प्रमाणपत्र तह र ३ जनाले माध्यमिक तहसम्मको शिक्षा मात्र अध्ययन गरेका छन् । प्रधानमन...बाँकी