newskoseli.Com

ओली–प्रचण्ड ‘वन–टु–वन’ बैठक : के–केमा जुट्यो सहमति ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को १३ महिनादेखि थाती रहेको राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार सहमति जुटेको छ ।

एकता हुँदा गरिएको सहमतिबाट पछि हट्दै त्यस बेलाको राजनीतिक प्रतिवेदनलाई परिमार्जन गरेर ‘जनताको बहुदलीय जनवाद’ राख्नुपर्ने विषय सचिवालयको बैठकमा प्रवेश भएपछि विवाद सुरु भएको थियो । अध्यक्षद्वयबीच आइतबार भएको सहमति अनुसार अब राजनीतिक प्रतिवेदनमा ‘जनताको जनवाद’ लेखिनेछ, बीचमा ‘बहुदलीय’ लेखिने छैन ।

पार्टी एकीकरण भएको १३ महिनापछि राजनीतिक प्रतिवेदन प्रकाशित हुन लागेको हो । पार्टीको विधान र नियमावलीलगायतका दस्तावेज प्रकाशित भएर कार्यान्वयनमा पुगे पनि विवादकै कारण राजनीतिक प्रतिवेदन प्रकाशित हुन सकेको थिएन । पार्टी एकता हुनुपूर्व नै भएको सहमति बिथोल्ने गरी सचिवालय बैठकमा ईश्वर पोखरेले ‘जनताको बहुदलीय जनवाद’ राख्नुपर्ने प्रस्ताव गरेपछि पार्टीभित्र विवाद सुरु भएको थियो ।

‘जनताको बहुदलीय जनवाद’, ‘एक्काईसौं शताब्दीको जनवाद’, ‘माओवाद’, ‘जनयुद्ध’ जस्ता शब्द र कतिपय राजनीतिक कार्यदिशाका विषयमा सहमति नजुटेको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर