newskoseli.Com

दोषी को, हामी जनता कि नेता ?

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे विभिन्न ढंगले विश्लेषण भइरहेका छन् । राजनीतिक आस्थानुसार लेखक, विश्लेषक, पत्रकारहरुले तर्क–वितर्कहरु गर्दै कसैले बचाउ गरिरहेका छन्, कसैले दोषी करार गरिरहेका छन् । यसको अर्थ कसैले स्वतन्त्र विश्लेषण गरिरहेका छैनन् भन्ने होइन, त्यो प्रयास पनि धेरथोर भइरहेकै छ । यो...बाँकी

के अनिष्ट निम्तिँदैछ संसदमा ?

गत हप्तादेखि बढेको राजनीतिक सरगर्मी उत्कर्षमा पुगेको छ । रातारात कुनै ‘चमत्कार’ भएन भने नयाँ संविधान लागू भएयता बिहीबार पहिलो पटक नेपालको संसदमा राजनीतिक मुठभेडको तयारी भइरहेको सर्वत्र आभाष पाइँदैछ । केपी ओली नेतृत्वको सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराई माओवादी केन्द्रका अध्यक्ष पुष्प...बाँकी

सरकार परिवर्तन : कति सहज, कति असहज ?

नेकपा  (माओवादी केन्द्र) को प्रस्ताव र नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै सुरु भएको सरकार परिवर्तनको खेल जटिल बन्दै गएको चर्चाले व्यापकता पाएको छ । नयाँ संविधान जारी भइसकेको अवस्थामा अब सोही संविधानअनुरुप फेरि अर्...बाँकी

‘हुटिट्याउँले आकाश थामेजस्तो’ ‘राष्ट्रवाद’ को नारा

संविधान घोषणापछि पहिलो पटक बनेको केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । मुख्य घटक माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै ओली सरकार अल्पमतमा परेको हो । वर्तमान गठबन्धनबाट माओवादी छुट्टिए पनि 'माले र मण्डले' हरुले साथ नछाडिसकेकाले ओलीले हार मानिसकेका छैनन् । ओलीले सजिलै सत्ता नछाडेपछि संसद...बाँकी

‘सागरनाथ काण्ड’ को नालीबेली र समाधानका उपाय

प्रारम्भ कथित कम्युनिस्ट नामको सरकारले २०७३ असार २१ गते सर्लाहीका सुकुमबासीमाथि निर्मम दमन गरी ६ सय बिगाहा जमिनमा लगाएको मकै, उखु, धान र फलफुलबाली नष्ट गरेको छ । वर्षौदेखि सागरनाथ वन विकास परियोजनाको जमिनमा बसोबास र खेतीपाती गर्दै आएका सुकुमबासीमाथि गृहमन्त्री शक्तिबहादुर बस्नेत र वनमन्त्री अ...बाँकी

हामी, नेतागण अनि ‘रूप र सार’

‘जयभुँडी’ पुस्तकमा नेपालका सुप्रशिद्ध हास्य–साहित्यकार भैरव अर्यालले लेखेका छन्– ‘उहिलेका कुरा खुइले– कसैले सुन्दैन, ऐलेका कुरा सबैलाई थाहा छ– सुनाउनै पर्दैन ।’ नेपालको वर्तमान परिवेश त्यस्तैत्यस्तै देखिन्छ । हामी सबैलाई थाहा छ– समाजमा पुँजीपति र श्रमजीवी गरी दुईटा वर्ग छन् । तर, यति सानो देशमा १...बाँकी

ओलीले टिकाउन सक्लान् विदेशिएका युवाको यो विश्वास ?

२ वर्षदेखि युएर्इमा रोजगारी गर्दै आएका झापाका युवा लालमणि दङ्गाल केपी शर्मा ओलीका विरुद्ध जसले बोल्छ, त्यसका विरूद्ध तार्किक बहस मात्र गर्दैनन्, पहिलेपहिलेका सरकारविरूद्ध सत्तोसराप गर्दै झम्टिन्छन् । ओली सरकार विदेशमा रहने नेपालीका लागि मात्र होइन, स्वदेशमै रहेका सर्वसाधारण समेतका भविष्यनिर्माता हुन...बाँकी

सरकार नढाल, खुनको बदला गुन तिर प्रचण्ड !

एमाले नेतृत्वको सरकार ढल्न नदेऊ है प्रचण्ड ! किनकि यो त्यही एमाले हो, जसले विश्वासघात गरेर तिम्रै नेतृत्वको ९ महिने कलिलो सरकार ढालेको थियो । अब खुनको बदला गुनले दिनुपर्छ तिमीले । रुक्मांगद कटवाललाई ‘कारबाही’ गर्ने सुझाव दिएर चाइना जाने तिनै झलनाथ खनाल हुन्, जसले त्यही ‘कारबाही’ लाई निहुँ बनाएर म...बाँकी

स्वागतम् ! न्युजकोसेलीको औपचारिक सेवा आरम्भ…

नयाँ वर्षको प्रारम्भसँगै वैशाख १० गतेदेखि परीक्षण प्रकाशन/प्रशारणमा रहेको न्युजकोसेली डटकमले असार १ देखि आफ्नो नियमित एवम् औपचारिक सेवा सुरु गरेको कुरा सहर्ष उदघोष गर्न चाहन्छौं । परीक्षणकै क्रममा न्युजकोसेली डटकम सञ्चालनका निम्ति न्यूनतम प्राविधिक एवम् भौतिक तथा कानुनी एवम् प्रशासनिक तयारीका काम...बाँकी

विदेशी हस्तक्षेप बन्द गराउनोस्, झाडु त हामी नै लाउँछौं

सम्माननीय डा. बाबुराम भट्टरार्इज्यू, सलाम, जयनेपाल, अभिवादन अर्थात् नमस्कार । साथै, ज्ञात–अज्ञात हजारौं महान् सहिदहरुप्रति भावपूर्ण श्रदाञ्जली । मरूभूमिबाट हाम्रा सम्माननीय डा. बाबुराम भट्टरार्इज्यूलाई एक नेपाली नागरिकको हैसियतले यी दुई शब्द कोर्ने प्रयास गरेको हुँ । म पूर्वजनमुक्ति सेना नेपा...बाँकी