newskoseli.Com

प्रधानमन्त्री उडे सिंगापुर, १५ दिनपछि फर्कने, बीच–बीचमा ‘हेल्थ अपडेट’ दिइने

सत्ताधारी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बिहीबार अपराह्न फेरि सिङ्गापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली थाई एयरको उडान जीटी ३२० बाट सिंगापुरका लागि प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेसनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक...बाँकी

अबका बैठकको आह्वान र अध्यक्षता प्रचण्डले गर्ने

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएपछि दुई अध्यक्षमध्येका एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलो पटक बैठकको अध्यक्षता गर्ने भएका छन् । सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा सचिवालय बैठकको अध्यक्षता र सञ्चालन अर्का अध्यक्ष प्रचण्डले गर्ने भ...बाँकी

१६ सचिवको सरुवा : मन्त्रीहरूले गरेका ‘कार्यसम्पादन सम्झौता’ अलपत्र (काे–काे कहाँबाट कहाँ पुगे ?)

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले १६ सचिवहरुको सरुवा गरेको छ । हालै मात्र विभिन्न मन्त्रीहरुले ती सचिवहरुसँग वर्षभर गर्ने कामहरूबारे करार (कार्यसम्पादन) सम्झौता गरे पनि उनीहरुको सरुवा गरिएपछि ती सम्झौता अलपत्र परेका छन् । भूमिसुधार व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई महालेखा न...बाँकी

प्रधानमन्त्रीको गुनासो : ‘मरिहालोस् भनेर विरोधीले प्रचार गरे, अझै १५ वर्ष मैदानमै डट्छु’

विरोधीहरुले आफूलाई ‘मरिहालोस्’ भनेर प्रचार गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले गुनासो गरेका छन् । आगामी निर्वाचनमा अस्तित्वरक्षाका लागि अहिल्यै तयारी थाल्न समेत उनले विरोधीहरुलाई चुनौती दिएका छन् । आफू अझै १५ वर्ष मैदानमै रहने समेत उनले उदघोष गरेका छन् । ‘अचम्म लाग्छ– विरोधीहरु कति कमजोर भएछन्, ...बाँकी

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सिनो हाइड्रोलाई, होला त पुरा ?

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने कामको जिम्मा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई दिइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बुधबार कम्पनीलाई ठेक्का स्वीकार गरिएको पत्र पठाउने निर्णय गरेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए ।   ...बाँकी

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा के–के भयो ?

प्रधानमन्त्री केपी ओलीले सबै दलहरुबीच सहकार्यको आवश्यकतामा जोड दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले सबै मुद्धाहरुमा सहकार्य गरेका दलहरु अहिले राष्ट्र निर्माणको चरणमा थप एकताबद्ध भएर सहकार्य गर्नुपर्ने बताए । बालुवाटारमा साँझ बसेको बैठकमा प्रधा...बाँकी

माधवकुमार नेपालको सातबुँदे असहमति : ओलीलाई भने– एउटा पद छाड्नोस् (असहमतिपत्रसहित)

साउन ३१ र भदौ १ मा बसेको सत्ताधारी नेकपाको केन्द्रीय सचिवालयको बैठकपछि सो पार्टीमा शक्ति–सन्तुलन र आन्तरिक समीकरणको नयाँ आयाम उत्कर्षमा पुगेको छ । पार्टी एकता भएदेखि नै तेस्रो वरियतामा स्थापित भएका वरिष्ठ नेता माधवकुमार नेपाललाई चौथो वरियतामा झारेर सो स्थानमा झलनाथ खनाललाई स्थापित गर्ने, वामदेव गौतम...बाँकी

नेकपा सचिवालय बैठक स्थगित, सर्वदलीय बैठक बस्याे

मंगलबार अपराह्न ३ बजे बस्ने भनिएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक गृहकार्य नपुकाे भन्दै स्थगन भयाे । साे बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन भएको साे पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा पोलिटब्युरो, विभिन्न आयोग, निकाय, सल्लाहकार कमिटी, ज्येष्ठ कम्यु...बाँकी

गुम्यो माधव नेपालको वरियता : तोक्यो विशेष कमिटी र जवसहरूकाे नेतृत्व (अद्यावधिक नामावलीसहित)

आइतबार बसेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालको तेस्रो वरियता खोसिदिएको छ । नेपाललाई चौथो वरियतामा झारेर सचिवालयको बैठकले तेस्रो वरियतामा अर्का वरिष्ठ नेता झलनाथ खनाललाई कायम गरेको छ । त्यसैगरी सोही बैठकले विभिन्न विशेष कमिटी र जन...बाँकी

चितवनमा दुईथरी प्रदर्शन : रविका ‘समर्थक’ द्वारा प्रहरी भ्यानमा तोडफोड, प्रहरीद्वारा अश्रुग्यास र लाठीचार्ज (पुडासैनीको भिडियोसहित)

पत्रकार शालिकराम पुडासैनीको ‘आत्महत्या’ प्रकरणमा शुक्रबार र शनिबार दुइथरी प्रदर्शन भए । अनुसन्धानका लागि प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरेपछि अवस्था तनावपूर्ण भएको हो । रविलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेर चितवन लगेलगत्तै उनको समर्थनमा ‘समर्थक’ हरूले प्रदर्शन ग...बाँकी