१७ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन आएको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडा र भारत सरकारकी वित्तमन्त्री निर्मला सितारमणबीच भारतको वित्त मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटका अवसरमा अर्थमन्त्री डा. खतिवडाले नेपालको विकासका लागि भारत सरकारवाट निरन्तर प्राप्त सहयोगका लागि धन्...बाँकी
१५ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार भारत प्रस्थान गरेका छन् । अक्टोबर ३ र ४ (असोज १६ र १७) मा भारतमा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री खतिवडा नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
विश्व आर्थिक मञ्चको कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाको आर्थिक परिदृश्य विषयमा ...बाँकी
१३ आश्विन, २०७६ |
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र शीर्ष नेताहरूले एकले अर्कालाई ‘गुटगत राजनीति गरेको’ आरोप लगाउन छाडेका छैनन् । प्रतिपक्षको भूमिकामा समेत कमजोर बनेको कांग्रेस केन्द्रदेखि गाउँ तहसम्म गुट–उपगुटमा विभाजित भई आन्तरिक द्वन्द्वमा फसेको छ ।
केन्द्रका शीर्ष नेतादेखि गाउँका साधारण कार्यकर्तासम्मक...बाँकी
८ आश्विन, २०७६ |
अच्युत रेग्मी/रासस
चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ । चाडपर्वका बेला घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले निजी तथा सार्वजनिक सवारी साधन बिहान, दिउँसो, साँझ र राति गरी चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको...बाँकी
८ आश्विन, २०७६ |
छिमेकी चीनले विश्वभर आफ्नो प्रभाव बढाउँदैछ । यही बेला चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) सँग सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लिएको ‘प्रशिक्षण’ लाई कूटनीतिज्ञहरुले ‘अर्थपूर्ण’ र ‘असंलग्नताको अन्त्य’ भनेका छन् ।
नेपाल उदाउँदा दुई आर्थिक शक्तिका बीच रहेकाले कूटनीतिक संवेदनशीलतामा ख्याल ग...बाँकी
५ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रस्तावित केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य वामदेव गौतमले मंसिर १४ मा हुने उपचुनावमा दिवंगत नेता रवीन्द्र अधिकारीको स्थान (कास्की– २) बाट आफू नउठ्ने प्रष्ट्याएका छन् ।
शनिबार राजधानीमा बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकमा आफूले कास्की– १ मा र...बाँकी
३ आश्विन, २०७६ |
रासस
जनताका आफ्नै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानुन– संविधान जारी गरी भएको ऐतिहासिक दिनको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबैप्रति शुभकामना व्यक्त गरेका छन् । पाँचौं संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली...बाँकी
३ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ विचारको विकास गरी नेपाली मौलिकताअनुरुपको समाजवाद स्थापना गर्नु नै अबको राजनीतिक अभिभारा भएको उल्लेख गरेका छन् । अब यसरी अगाडि बढ्नुपर्ने अवस्थामा कसै–कसैले हालसम्मका परिवर्तन नै उल्टने र उल्टाउनुपर्ने चर्चा चलाइरहे...बाँकी
२ आश्विन, २०७६ |
नारायण ढुङ्गाना/रासस
मुलुकको कार्यकारी प्रमुख बस्ने प्रधानमन्त्री निवासको समेत नयाँ निर्माण हुने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासका केही भवन भत्काएर मौलिक संस्कृति र परम्परा समेत झल्कने गरी आधुनिक प्रविधिसहितको निवास निर्माण हुने भएको छ ।
सहरी विकास तथा भवन निर्माण विभागका अनुसार हालको प्रधानमन्त्री निवास ...बाँकी
२ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार (आज) प्रतिनिधिसभा तथा राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । अचानक संघीय संसदका दुवै सदनलाई प्रधानमन्त्रीले सम्बोधन गर्दै के सन्देश प्रवाहित गर्न चाहेका हुन् ? सर्वत्र जिज्ञासा छाएको छ ।
दिउँसो साढे २ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । त्यसपछि राष्ट्र...बाँकी