२३ कार्तिक, २०७३ |
विश्वविख्यात पप गायिका म्याडोन्नाले सोमबार साँझ न्युयोर्कको अति ब्यस्त ब्यापारिक इलाका म्यानहाट्टनको मुटु – वासिङ्गटन स्क्वायर पार्कमा अप्रत्यासित रुपमा सङ्गीत कार्यक्रम आयोजना गरी गायन कला प्रस्तुत गरिन् ।
कुनै पूर्वप्रचारबिना वा कसैलाई सुईंकोसम्म नदिई आयोजित उक्त सङ्गीतमय साँझमा उनले “एक्स्प्रे...बाँकी
२२ कार्तिक, २०७३ |
इमेल काण्डबाट हिलारी क्लिन्टनको शिरमाथि मडारिइरहेको कालो बादलको पर्दा अमेरिकी सङ्घीय अनुसन्धान केन्द्र (एफबिआइ) ले हटाइदिएपछि हिलारी क्लिन्टनको सशक्त प्रतिद्वन्द्वी उम्मेदवार डोनाल्ड ट्रम्पलाई आरोप लगाउने भाकामा परिवर्तन आएको छ ।
लगभग २ वर्ष अघिदेखिको निर्वाचन अभियान समाप्त हुनै लागेको र मतदान ...बाँकी
२२ कार्तिक, २०७३ |
रसियाको इभानोभो सहरको एक अपार्टमेन्टमा ग्यास विस्फोट हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको रसियाली आपतकालीन अधिकारीले बताएका छन् ।
घटनामा ४ जना घाइते भएका छन् । मस्कोदेखि २ सय ५० किलोमिटर उत्तरपूर्वमा अवस्थित इभानोभो सहरको २ तले भवनमा भएको विस्फोटबाट उक्त भवनको धेरै माग भत्किएको बताइएको छ ।
रसियाल...बाँकी
२२ कार्तिक, २०७३ |
अमेरिकाको ओक्लाहोमा राज्यमा आइतबार साँझ भूकम्पको गएको छ । भूकम्पको कारण सोमबार सो प्रान्तको सार्वजनिक बिद्यालयहरु बन्द गरिएको छ ।
सो भूकम्पको कारण भएका क्षतिहरुको विवरण सङ्कलनको लागि विद्यालय बन्द गरिएको बताइएको छ । स्थानीय समयाअनुसार आइतबार साँझ ७:४४ बजे गएको यस भूकम्पबाट ठाउँ ठाउँमा क्षति भएक...बाँकी
२१ कार्तिक, २०७३ |
सुरक्षा कारबाहीमा परी इजिप्टमा शनिबार कम्तीमा ११ लडाकूको मृत्यु भएको अधिकारीहरुले जनाएका छन । प्यालेस्टाइन र इजरायलसंगको सीमा क्षेत्रमा पर्ने सधै अशान्त भइइरहेका इजिष्टको उत्तरी सिनाईमा अवस्थित एरिस र शेख जुवैद सहरमा सुरक्षा कारबाही भएको इजिप्ट अधिकारीहरुले जानकारी दिएका छन् ।
सैनिक प्रवक्ता मो...बाँकी
२१ कार्तिक, २०७३ |
संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका सशक्त दाबेदार डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीच शनिबार हुने निर्वाचनमा आ–आफ्ना चुनावी मुद्दा थप प्रभावकारी पार्दै अघि बढ्ने सार्थक प्रयास जारी नै छ ।
यसै सिलसिलामा २ प्रतिस्पर्धी र उनीहरुका शुभेच्छुकले निर्वाचनको अन्तिम तयारीस्वरुप चुनावी अभियानलाई थप सशक्...बाँकी
२० कार्तिक, २०७३ |
साङघाई चीन, १९ कात्तिक
चीनको भविष्यवक्ताको राजा भनेर चिनिने एक बाँदरले अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय हुने भनेर सङ्केत गरेको यहाँको एउटा पर्यटकीय पार्क प्रशासनद्वारा जनाइएको छ ।
गेडा नामक उक्त बाँदरलाई यसअघि युरोपियन फुटबल च्याम्पियनसिपमा कुन देशले जित हात पार्छ भनि सोधिएको थियो र यस प्रसङ्गमा यसले दिएको भविष...बाँकी
१४ कार्तिक, २०७३ |
जर्मनीको रसायनिक पदार्थ उत्पादक कम्पनी बास्फले यही महिना आफ्नो प्लान्ट विष्फोट भई घाइते भएका थप एक नागरिककोे मृत्यु भएको जनाएको छ ।
यसअघि उक्त प्लान्ट विष्फोटनका कारण तीन जनाको मृत्यु भएको थियो । अक्टुबर १७ गते भएको विष्फोटमा परी यसअघि एक जना डुङ्गा चालक र दुई जना अग्नी नियन्त्रकको मृत्यु भएको ...बाँकी
१४ कार्तिक, २०७३ |
साउदी अरेबिया नेतृत्वको सेनाले शनिबार यमनको तीनवटा प्रान्तमा गरेको हवाई कारबाहीमा परी २७ सर्वसाधारणको ज्यान गएको छ । उक्त हवाई हमलामा परी कम्तिमा पनि २७ जनाले ज्यान गुमाएका सरकारी र स्थानीयवासीहरुले जानकारी दिएका छन् ।
विद्रोहीलक्षित सो सैनिक कारबाही यमनी बस्तीहरुमा परेको जनाइएको छ । उक्त हमलामा ...बाँकी
१३ कार्तिक, २०७३ |
इस्लामाबाद पाकिस्तान, १२ कात्तिक
पाकिस्तानको विदेश मन्त्रालयद्वारा शुक्रबार दिइएको जानकारी अनुसार भारतीय सेनाको काश्मिरी क्षेत्रको सिमानामा गरिएको कारबाहीमा २ महिलासहित ६ जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ ।
मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भारतीय कारबाहीमा २२ जना पाकिस्तानी नागरिक गोली लागि घाइते भएका बताइएको छ ।
...बाँकी