newskoseli.Com

साँझपख वर्षा : अझै केही दिन निरन्तर हुने

मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही दिन पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षा भैरहने सम्भावना देखिएको छ । बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र त्यो क्रम अझै केही दिन कायमै रहने मौसम प...बाँकी

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक एकतर्फी

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ । शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो । आइतबार बिहानदेखि पहिरो पन्छाउने का...बाँकी

यस्तो छ पानी थाप्ने पालाे : हप्तामा एक गाग्री !

पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ३, भुवनपोखरीको गोखुङ्गा पँधेरामा स्थानीयवासीले एक गाग्रीको पानीका लागि हप्तामा पालो कुर्नुपर्ने बाध्यता रहेको छ । सुक्खा मौसम र गर्मी बढेपछि खानेपानीका मुहान सुकेर यहाँका स्थानीय बासिन्दाले हप्तामा एक घरले एक गाग्री खानेपानी पाउने गरेको स्थानीय बासिन्दा तथा वडा ...बाँकी

भीषण आगलागी, २२ लाखभन्दा बढीको क्षति

  फालेलुङ गाउँपालिका– ५, प्राङबुङस्थित कालिका माध्यमिक विद्यालयको शिक्षक बस्ने क्वार्टरको कोठामा आगलागी हुँदा रु २२ लाख बराबरको क्षति भएको छ । शुक्रबार दिउँसो पौने १२ बजे विद्युत् चुहिएर आगलागी हुँदा तीनकोठे क्वाटर भवन, भवनभित्र रहेका सम्पूर्ण सामग्री जलेको जिल्ला प्रहरी कार्यालय पाँचथरले...बाँकी

स्वदेश फर्किए उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियनामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी ‘आर– २० अष्ट्रियन विश्व सम्मेलन’ मा सहभागी भई शनिबार स्वदेश फर्केका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासच...बाँकी

दुई विद्यार्थीको डुबेर मृत्यु

लफ्याङ र मात्तिमको सीमानामा पर्ने साप्सुखोलामा डुबेर दुई विद्यार्थीको मृत्यु भएको छ । साप्सुखोलास्थित साप्सु–कालिका हाइड्रोपावरको पावरहाउस नजिकै रहेको दहमा डुबेर दिक्तेल टेक्निकल इन्स्टिच्युटमा अध्ययनरत दुई विद्यार्थीको शनिबार मृत्यु भएको हो । शैक्षिक भ्रमणमा गएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालि...बाँकी

वर्ल्डलिंकद्वारा ‘नेसनल मार्केटिङ एक्सिलेन्स प्रतियोगिता, २०१९’ सुरु

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि. ले देशका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई व्यावहारिक अनुभव तथा व्यावसायिकताको ज्ञान दिन पहिलो पटक ‘नेसनल मार्केटिङ एक्सिलेन्स प्रतियोगिता, २०१९’ आयोजना गरेको छ । प्रतियोगितामा काठमाडौंबाट ८ वटा तथा काठमाडौं बाहिरबाट १२ वटा गरी...बाँकी

बीमा ठग्न र बैंकको भाखा सार्न आफैंले सामान लुकाएर चोरीको नाटक गर्ने घिमिरे पक्राउ

बैंकको ऋण तिर्ने भाका सार्ने र पसलको बीमा दाबी गर्ने योजना बनाई सामान लुकाएर पसल चोरी भएको उजुरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा– ४, पारिजातपथमा रहेको घिमिरे इलेक्ट्रिक एन्ड इलेक्ट्रिोनिक सेन्टरबाट नगद तथा जिन्सी गरी करिव ३३ लाखको चोरी भएको भन्दै प्रहरीमा उजुर गर्ने उमेश घिमिरेल...बाँकी

‘प्रभावकारी काम गर्नोस्’ : रेडक्रस पदाधिकारीलाई गृहमन्त्रीको आग्रह

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाल रेडक्रस सोसाइटीलाई थप प्रभावकारी रुपमा काम गर्न आग्रह गरेका छन् । रेडक्रसको नयाँ केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुसँग शुक्रबार गृह मन्त्रालयमा भएको छलफलका क्रममा कार्यसमितिमा अनुभवी टिम आएको भन्दै संस्थाले थप सक्रिय भएर काम गर्ने विश्वास गृहमन्त्री थापाले ...बाँकी

अन्धविश्वासमा दिइयो मान्छेको ‘बलि’, प्रहरीले पक्रियो हत्यारा

‘धामीझाँक्री’ को काममा दख्खल बढाई आफू ‘शक्तिशाली’ बन्ने अन्धविश्वासमा परेर ‘देवीदेवता’ को नाममा ‘नरबलि’ का रूपमा एक बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मिथिला नगरपालिका– ६, धनुषाका फेकु महतोका छोरा ५५ वर्षीय शत्रुधन महतो पक्राउ परेका हुन् । पक्राउ गरिएका महतोलाई जिल्ला प्रहरी ...बाँकी