newskoseli.Com

पैसा नभएपछि मृतकको शव दुई दिनदेखि अस्पतालमै

उपचारका क्रममा धौलागिरि अञ्चल अस्पतालमा निधन भएका निसिखोला गाउँपालिका– ७, राजकुत, मुदुङका ४५ वर्षीय लक्ष्मण विश्वकर्माको शव दुई दिनसम्म पनि उठाइएको छैन । उपचारका क्रममा धेरै टाढाबाट श्रीमतीसहित अञ्चल अस्पताल आएका विश्वकर्माको मृत्युपछि आर्थिक अभावका कारण अन्तिम संस्कारका लागि शव लैजान समस्या भएको...बाँकी

महाकाली नदीमा जिप खस्दा ११ को मृत्यु

दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका– ३, राताकाठा क्षेत्रमा शुक्रबार राति ८ बजे जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा ७ महिला, ३ पुरुष र १ बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन ।...बाँकी

‘वाइडबडी प्रकरणमा रवीन्द्र अधिकारीको संलग्नता छैन’ : प्रधानमन्त्री ओली

हेलिकप्टर दुर्घटनामा भर्खरै ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको ‘वाईडबडी विमान खरिद प्रकरण’ मा कुनै पनि संलग्नता नरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसरी भएको चर्चाप्रति आपत्ति जनाएका छन् । ‘केही तत्त्वले मन्त्री अधिकारीलाई सो प्रकरणमा जोडेर मानमर्...बाँकी

भरतमोहनको स्वास्थ्य स्थिति चिन्ताजनक, सिक्किमबाट छोरी फर्कंदै

नेपाली कम्युनिस्ट आन्दोलनका पुराना नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक अवस्थामा पुगेको छ । बिहीबारदेखि अचेत अवस्थामा रहेका ८३ वर्षीय नेता अधिकारीको स्वास्थ्यमा थप समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । तीन सातायता धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा राखिएका अ...बाँकी

पोस्टमार्टम लम्बियो, टुँडिखेलको श्रद्धाञ्जलि अब शुक्रबार मात्रै

बुधबार ताप्लेजुङको पाथीभरा मन्दिर नजिकै भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको पोस्टमार्टम सकिन बिहीबार राति अबेरसम्म लाग्ने देखिएको छ । पोस्टमार्टमको समय लम्बिएसँगै बिहीबार अपराह्न ३ बजेका लागि निर्धारित टुँडिखेलको श्रद्धाञ्जली ...बाँकी

मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौंमा, श्रद्धाञ्जलिका लागि टुँडिखेलमा

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सबै सात जनाको शव काठमाडौं ल्याइएको छ । शव राजधानी ल्याइँपुर्‍याइँदा उपप्रधानमन्त्री र्इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथ...बाँकी

मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोक : बिहीबार सार्वजनिक बिदा

पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको निधनमा सरकारले बिहीबार राष्ट्रिय शोकको घोषणा गरेको छ । बुधबार अपराह्न बसेको मन्त्रिपरिषदको आकस्मिक बेठकले मन्त्री अधिकारीको शोकमा बिहीबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । शोकको घडीमा बिहीबार देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक ...बाँकी

विप्लवका कार्यकर्ता पक्राउ : एलएमजी र एम– १६ सहित समातिएको प्रहरीको दावी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ता बुधबार धरानको पानबारीबाट पक्राउ परेका छन् । धरान– ५, पानबारी सडकखण्डमा को ५ प ७५ नम्बरको मोटरसाइकलबाट पूर्वतर्फ जाँदै गरेका मोरङको बेलबारी नगरपालिका– १० का देवकुमार लिम्बूलाई लङ मेसिन गन (एलएमजी) र एम– १६ राइफलसहित पक्राउ...बाँकी

हेलिकप्टर दुर्घटना– मन्त्रीको शव चिन्न सकिने, अरुको मुश्किल : गृह मन्त्रालयद्वारा पत्रकार सम्मेलनमार्फत औपचारिक जानकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर बुधबार ताप्लेजुङको मयम, तारेभीरमा दुर्घटना हुँदा मन्त्री, पाइलटसहित हेलिकप्टरमा सवार सातै जनाको निधन भएको छ । गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी सो हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित छ यात्रु र ...बाँकी

मन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाको निधन

बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली युवानेता रविन्द्र अधिकारीसहित त्यसमा सवार ७ जना सबैको निधन भएको छ । नेकपाका महासचिव विष्णु पौडेलले दुर्घटनामा मन्त्री अधिकारीको निधन भएको पुष्टि गरेका छन...बाँकी