newskoseli.Com

बाढीको वितण्डा : ललितपुरमै ६ जनाको मृत्यु, को–को कसरी मरे ?

बिहीबार साँझदेखिको अविरल वर्षाका कारण ललितपुरमा मात्रै ६ जनाको मृत्यु भएको छ । घर भत्किएर, पहिरोमा पुरिएर र बाढीले बगाएर ललितपुरमा ६ जनाको मृत्यु भएको हो । घर भत्किएर शुक्रबार बागमती गाउँपालिकास्थित माल्टाका १३ वर्षीय बालक सरोज जिम्बा मृत्यु भएको छ भने शुक्रबार नै नै गोठमा साँझ काम गर्न गएकी ४५ व...बाँकी

खोलो तर्दातर्दै ३ किशोरी बेपत्ता

इलामको माई नगरपालिकामा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन् । माई नगरपालिका– १ निवासी आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीका अनुसार माई नगरपालिका– ६, गोतामे माविमा शुक्रबार परीक्षा सकेर शनिबार घर जाने क्रम...बाँकी

१ लाख घुससहित ४ प्रहरी अख्तियारद्वारा पक्राउ

राजधानीको सामाखुसीबाट १ लाख रुपैयाँ घुससहित ४ जना प्रहरी पक्राउ परेका छन् । सामाखुसीस्थित एउटा मिठाई पसलबाट १ लाख रुपैयाँ घुससहित ४ जना प्रहरी रंगेहात पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् । घुस लेनदेन भइरहेको जानकारी पाएपछि पुगेको अख्तियारको ...बाँकी

पहिरोमा पुरिएर रामेछाप र काभ्रेमा ३ को मृत्यु

शुक्रबार बिहानैदेखिको अविरल वर्षाको कारण आएको पहिरोले पुरिँदा रामेछाप र काभ्रेमा गरी ३ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर रामेछापको रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । काभ्रेमा मृत्यु हुनेहरुको परिचय अझै खुल्न सकेको छैन । पहिरोले पुरिँदा रामेछापमा १ जना र काभ्रेको नालामा २ ज...बाँकी

परिवार सुतेकै घर पहिरोले बगाउँदा एक घाइते, ३ बेपत्ता

खोटेहाङ गाउँपालिका– २, बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनुका साथै तीन जना बेपत्ता भएका छन् । चार दिनदेखि लगातार परेको वर्षाका कारण शुक्रबार बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते भएका छन् भने उनकी श्रीमती, छोरा र छोरी बेपत्ता भएका छन् । शुक्रबार बिहान करिव ...बाँकी

विप्लवको युवा संगठनका अध्यक्ष र दुई जिल्लानेता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध युवा संगठन ‘रेड युथफोर्स’ का अध्यक्ष शिखर पहाडी ‘हिमशिखर’ लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । चौकुने गाउँपालिका– ९, सुर्खेत निवासी जहरे नेपालीका छोरा शिखर पहाडी पक्राउ परेका हुन् । वीरेन्द्रनगर नगरपालिका– ११, पिप...बाँकी

मोबाइल चार्ज गर्दा बालकको मृत्यु !

झापाको गौरादह नगरपालिका– ८, दामाबारीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ । चिसो हातले चार्जमा राखेको मोबाइल छुँदा मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरादह– ८, दामाबारी चोकस्थित मामाघर बस्दै आएका रोशन महतोको करेन्ट लागेर बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्या...बाँकी

वर्ल्डलिंकले सम्पन्न गर्‍यो ‘अन्तरकलेज मार्केटिङ एक्सिलेन्स प्रतियोगिता’

विगत २३ वर्षदेखि इन्टरनेट सर्भिस प्रोभाइडरको रुपमा स्थापित नेपालकै सबैभन्दा ठूलो इन्टरनेट एवम् नेटवर्क सर्भिस प्रोभाइडर हो वर्ल्डलिंक कम्युनिकेसन्स् लि. । नेपालको प्रमुख आईटी कम्पनीका रुपमा परिचित वर्ल्डलिंकलाई सुरुआती समयदेखि हालसम्मकै अग्रणी आईटी कम्पनीका रुपमा स्थिापित गर्नका लागि सेल्स र मार्केट...बाँकी

‘शिक्षाको गुणस्तर उकास्न समयानुकूल पाठ्यक्रम बनाइँदैछ’ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरलले शिक्षाको गुणस्तर सुधार्न पाठ्यक्रमलाई समयानुकूल बनाइने बताएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत शिक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिँदै विद्यालय जाने उमेरका सबै बालबालिकालाई शिक्षा दिने उद्देश्यसह...बाँकी

माओवादी नेता श्रीनाथ अधिकारीको निधन

नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य श्रीनाथ अधिकारी ‘श्याम’ को निधन भएको छ । पछिल्ला केही दिनयता स्वास्थ्य स्थिति गम्भीर बनेपछि ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालको आईसीयूमा उपचाररत अधिकारीको आइतबार राति ८ः०२ मा निधन भएको उनका छोरा नारायण अधिकारीले पुष्टि गरेका छन् । ने...बाँकी