newskoseli.Com

कारागरभित्रै कैदीबीच भिडन्त, १ को मृत्यु

नख्खु कारागारभित्र बन्दी जीवन बिताइरहेका दुई कैदीबीच शुक्रबार भिडन्त हुँदा एक जनाको मृत्यु भएको छ । दिउँसो घाममा बसिरहेका पूर्णबहादुर रादी र पवनकुमार महतोबीच विवाद बढ्दै जाँदा उनीहरूबीच भिडन्त भएको हो । विवाद चर्कंदै जाँदा भएको भिडन्तका क्रममा महतोले रादीलाई इँट्टाको ब्लकले प्रहार गरे । महतोको...बाँकी

एनसेल र एनटीसीका झन्डै २ दर्जन टावरमाथि आक्रमण र आगजनी

टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल र नेपाल टेलिकमका विभिन्न जिल्लामा रहेको झन्डै दुई दर्जन टावरमा बुधबार र बिहीबार आगजनी गरेर क्षति पुर्‍याइएको छ । सो आगजनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको आशंका सरकारी पक्षले गरेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार एनसेलका २२ वटा ...बाँकी

मोबाइलमा गेम खेल्दा करेन्ट लागेर मृत्यु

मोरङको लेटाङ नगरपालिका– ३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको बिहीबार मृत्यु भएको छ । प्रदेश– १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार बिहीबार बिहानीपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर पदमबहादुर राईका १५ वर्षीय छो...बाँकी

विप्लव नेकपाले कब्जा गर्‍यो झन्डै ४४ बिगाह जग्गा

सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झन्डै ४४ बिगाह जग्गा कब्जा गरी आफ्नो नियन्त्रणमा लिएको बताइएको छ । कैलालीको बर्दगोरिया बौनियाँमा ४ जनाको स्वामित्वमा रहेका घरजग्गा नेकपाले बुधबार कब्जा गरेको हो । विप्लव नेतृत्वको नेकपा मातहत ‘जनसरकार’ का रुप...बाँकी

पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु

चन्द्रपुर नगरपालिका– ९, डुमरियास्थित इँट्टा भट्टाको पोखरीमा डुबेर बुधबार एकै घरका दाजुबहिनीको मृत्यु भएको छ । हरिपुर नगरपालिका– ४, स्थायी घर भई डुमरियामा बस्दै आएका सञ्जय साहका ११ वर्षीय छोरा अनिस साह र ८ वर्षीया छोरी कल्पना साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । साह ...बाँकी

जंगलमै २ थान बन्दुक छाडी मान्छे भागेपछि प्रहरीद्वारा बरामद, हात्तीको आक्रमणमा ७० वर्षीय घाइते

प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका– १ स्थित सानो डाँफे र शान्तिपुर जङ्गलमा दुई थान भरुवा बन्दुक फेला पारेको छ । केही व्यक्ति जङ्गलमा बन्दुक बोकी हिँडिरहेको भनेर पाएको सुराकका आधारमा जमुनीस्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कलाधर सापकोटासहितको गस्ती टोलीले पिछा गर्दा ती व्यक्तिहरू बन्दुक छाड...बाँकी

पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त, ४ बजे सपथ

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चर्चित युवानेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएका छन् । बुधबार दिउँसो ४ बजे भट्टराईले सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दिएको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागर...बाँकी

माइला लामा रिहाइको माग गर्दै विप्लवद्वारा साउन १५ मा बन्द आह्वान : ‘जनप्रतिरोध’ र ‘जनकारबाही’ को चेतावनी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बुधबार (१५ साउनमा) बागमती र नारायणी तथा रामेछाप र दोलखा बन्दको आह्वान गरेको छ । बन्द सफल गराउने कार्यमा सहयोग गर्न सो पार्टीले सबै पक्षसँग आग्रह गरेको छ । नेकपाले बन्दको पूर्वसन्ध्यामा मंगलबार अपिल जारी गर्दै सम्पूर्ण शैक्षिक संस्था, क...बाँकी

गाडी पुरियो पहिरोमा : २ को मृत्यु, ८ घाइते…

डाँडाबाट सडकमा खसेको ढुंगे पहिरोले रसुवामा एउटा यात्रुवाहक सुमो गाडी पुरिएको छ । गुडिरहेको गाडीलाई पहिरोले पुर्दा दुई जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक भागेन्द्रपुरुष ढकालले जानकारी दिएका छ...बाँकी

‘अयोग्य लडाकु’ को धम्की : ‘प्रचण्ड–बाबुरामलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउँछौं’

सरकारले आफूहरुका माग पूरा नगरे पूर्वप्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (दि हेग) मा उभ्याउने धम्की तत्कालीन बहिर्गमित जनमुक्ति सेना (‘अयोग्य’ लडाकु) का...बाँकी