newskoseli.Com

दुई बस ठोक्किँदा नौ घाइते

पूर्वी चितवनको राप्ती नगरपालिका–९ खुरखुरेमा सोमबार दुई बस ठोक्किँदा नौ यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्तीको खुरखुरेमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १ क ५२२७ नम्बरको डेजी स्कुलको बसले सोही दिशातर्फ आउँदै गरेको ना ५ ख १९७६ नम्बरको बसलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ...बाँकी

फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त

गोर्खाबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर सम्पर्कविहीन भएको फिस्टेल एयरले जनाएको छ। नाइनएनएकेए साइन भएको हेलिकप्टर दिउँसो १२ बजेर १२ मिनेटपछि नुवाकोटको आकासबाट सम्पर्कविहीन भएको  हाे । गोर्खाको सिर्दिवासबाट गर्भवती महिला लिएर उडेको सो हेलिकप्टर  केही समयपछि सम्पर्कविहीन भई नुवाकोटको...बाँकी

प्रधानमन्त्रीको प्रतिबद्धता : जनता र राष्ट्रले सम्झने काम गर्छु

प्रधानमन्त्री पुष्पकमल दाहालले जनता र मुलुकले पछिसम्म सम्झने काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कास्कीको ढिकुरपोखरी–काठमाडौं समाजले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले मुलुकसामु संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी कामको प...बाँकी

नेविसंघको महाधिवेशन सुरु : ११ जिल्लाको प्रतिनिधि विवाद कायमै

पार्टी एकतापछि नौ वर्षसम्म हुनसकेको नेपाल विद्यार्थीसंको ११ औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरुभएको छ । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले एक भव्य समारोहकाबीच काठमाडाैंको भृकुटी मण्डपमा महाधिवेशनको विधिवत् उद्घाटन गरेपछि अधिवेशन सुरु भएको हो । आउँदो २५ गते सम्म चल्ने महाधिवेशनम...बाँकी

‘आमसञ्चार नीति अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने किसिमको’

हालै अनुमोदन भएको राष्ट्रिय आमसञ्चार नीतिलार्इ अनुमोदन गर्ने सरकारले आफ्नो एउटा निकै महत्वपूर्ण उपलब्धिका रुपमा लिइरहेका बेला अभिव्यक्ति स्वतन्त्रता रक्षक तथा नागरिक सरोकारवालाले भने यो नीति त्रुटिपूर्ण भएको र अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने किसिमको भएको टिप्पणी गरेका छन् । उच्चस्तरीय आमसञ्च...बाँकी

माओवादी नेताको आरोप : प्रचण्ड प्रतिक्रियावादी कित्तामा उभिए

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका पोलिटब्युरो सदस्य एवं सोही पार्टीले ‘जनसरकार’ का रुपमा गठन गरेको ‘केन्द्रीय जनपरिषद’ का प्रमुख सन्तोष बुढा मगरले दसवर्षे जनयुद्धका नायक प्रचण्ड अहिले प्रतिक्रियावादी कित्तामा उभिएको आरोप लगाएका छन् । राजधानीस्थित संवाद डबलीमा शनिबार अखिल नेपाल जनसांस्कृत...बाँकी

राजदूतको नाम फिर्ता गर्नु दाहाल सरकारको गल्ती : नेपाल

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले अघिल्लो सरकारले सिफारिस गरेका १४ जना राजदूतको नाम फिर्ता लिएर अहिलेको सरकारले गल्ती गरेको बताएका छन् । रौटहट–काठमाडौँ सम्पर्क मञ्चको प्रशिक्षण तथा सम्मान कार्यक्रममा बोल्दै उनले संसदीय सुनुवाइ विशेष समितिमा सुनुवाइका क्रममा रहेका १४ जना राजदूतको नाम फिर्ता ...बाँकी

राष्ट्रलाई एकताबद्ध राख्न निकै ठूलो चुनौती : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले जातजाति, भाषाभाषी र भूगोललाई एकढिक्का बनाएर राष्ट्रिय स्वाधीनतालाई सुदृढ तुल्याउँदै राष्ट्रलाई एकताबद्ध राख्नु निकै ठूलो चुनौती रहेको बताएका  छन् । गोरखा–काठमाडौँ सम्पर्क मञ्चकाे, पाँचौँ एकता भेलालाई आज सम्बोधन गर्दै उनले भने– ‘‘संविधान घोषणा भएको छ, त्यसलाई परिमार्...बाँकी

जहाँ पुग्यो त्यहीं ‘लभ’ गर्नेहरूले धोका दिए : केपी ओली

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) ले आफूसँगको सहयात्रामा धोका दिएको बताएका छन् । संसदमा अविश्वासको प्रस्तावको छलफलपछि अध्यक्ष ओलीले साउन ९ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओलीले भने– “साथीहरु जहाँ पुग्यो त्यहीँ ‘लभ’ गर्दारहेछन्, मधेस...बाँकी

यो सरकारले मुलुक र जनतालार्इ एकीकृत पार्छ : भुसाल

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालले वर्तमान सरकारले देश र जनताको पक्षमा अधिकभन्दा अधिक काम गरेर मुलुक र जनतालाई एकीकृत गर्ने बताएकी छन् । प्रेस सेन्टर नेपाल राष्ट्रिय सञ्चार प्रतिष्ठान समितिको एकता भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै नेतृ भुसालले थोरै समयमा देश र जनताको पक्षमा ...बाँकी