newskoseli.Com

नेविसङ्घमा ३२ वर्षे उमेर हद !

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी सङ्घमा निर्वाचित हुन चाहनेका लागि ३२ वर्षे उमेर हद लागू हुने भएको छ । सङ्घको ११औं महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न समन्वयका लागि पार्टीले गठन गरेको निर्देशक समितिले सङ्घमा ३२ वर्षको उमेरको हद लागू हुनेगरी विधानको टुङ्...बाँकी

गिरिजाप्रसादको ९३आैं जन्मजयन्ती मनाइयो

बिहीबार बाँकेको सीतापुरमा श्रद्धाञ्जलि समारोहको आयोजना गरी नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९३आैं जन्मजयन्ती मनाइयो । ‘गाउँसँग गिरिजाप्रसाद’ अभियान अन्तर्गत आयोजना गरिएको कार्यक्रममा सहभागीले स्वर्गीय कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै...बाँकी

मकालु एयरको विमान दुर्घटना,
चालक र सहचालक घाइते

बिहीबार दिउँसो मकालु एयरको बिमान हुम्लामा दुर्घटनाग्रस्त भएको छ । हुम्लाको सदरमुकाम सिमिकोटबाट सुर्खेतका लागि उडान भरेको नाइनएन एएलडी कलसाइनको बिमान सिमिकोटको एक खोला नजिकै दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । पर्यटन मन्त्रालयका सहसचिव घनश्याम शर्माले बताए अनुसार बिमानमा चालक (पाइलट) सां...बाँकी

प्रधानमन्त्री दाहालद्वारा शपथ ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई पद तथा गोपनीयताको शपथ गएकि छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकि हुन् । नवनिर्वाचित प्रधानमन्त्री दाहालले देश र जनताका ...बाँकी

के चुनावको तयारीमा लाग्दैछ वैद्य माओवादी ?

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले पार्टीका उपाध्यक्ष सीपी गजुरेलको नेतृत्वमा संयुक्त मोर्चा समिति बनाउने निर्णय गरेको छ । बैठकले उक्त मोर्चाको राष्ट्रिय भेला समेत छिट्टै आयोजना गरिने जनाएको छ । वैद्य माओवादीको यस्तो निर्णयलाई सो पार्टीले चुनाव लड्ने तयारी गरेको अर्थमा धेरैले बु...बाँकी

उदाहरणीय काम गरेर देखाउँछु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा उदाहरणीय काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् । बिहीबार आफ्नै निवास लाजिम्पाटमा प्रेस सेन्टर नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले समय निकै कम भएकाले दिनरात नभनी मुलुक र जनताको पक्षमा काम गर्ने बताएका हुन् । प्रधानमन्त्री दा...बाँकी

सत्ता साझेदार दलसँगको सहमतिपछि मन्त्री चयन गरिने

नेकपा (माओवादी केन्द्र)ले नेपाली काँग्रेससँगको सहमतिपछि मन्त्रीमण्डलमा सहभागी हुने मन्त्रीको नामावली चयन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निवासमा आज बसेको (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठकले आजै अपराह्न १ बजे काँग्रेससँगको संयुक्त छलफलपछि मात्रै मन्त्रीको चयन गर...बाँकी

एमाले जिम्मेवार रुपमा प्रस्तुत हुन्छ : निवर्तमान प्रधानमन्त्री ओली

 निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षमा रहेर जिम्मेवार रुपमा प्रस्तुत हुने बताएका छन् । व्यवस्थापिका–संसद्को बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री पदमा निर्वाचित भएपछि बाहिरिने क्रममा पत्रकारद्वारा ‘अब एमाले क...बाँकी

भारत र चीनका प्रधानमन्त्रीद्वारा दाहाललाई बधाई

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई छिमेकी मुलुक भारत र चीनले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई एवम् सफल कार्यकालका लागि शुभकामना दिएका हुन् ।नवनिर्वाचित प्रधानमन्त्र...बाँकी

यस्तो छ नवनिर्वाचित प्रधानमन्त्री दाहालको नालीबेली

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका–संसदको तेस्रो दल भए पनि नेपाली कांग्रेसलगायतका १६ दलको सहयोगमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । संविधानसभाको पहिलो निर्वाचनपछि २०६५ साउन ३१ गते पहिलोपटक गणतन्त्र नेप...बाँकी