newskoseli.Com

गोरु ठानेर लखेट्दा भालुको आक्रमण, मानबहादुरको गुप्ताङ्गमा गम्भीर चोट

अर्घाखाँचीको सितगङ्गा नगरपालिका– १०, सिद्धरा, काठेखोलाका मानबहादुर नेपाली शनिबार भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन् । कोदो बारीमा कोदो खाँदै गरेको अवस्थामा गोरु ठानेर लखेट्न जाँदा नेपालीलाई भालुले आक्रमण गरेको थियो । उनको तिघ्रा र गुप्ताङ्गमा बढी चोट लागेको छ भने घाँटी र पिठ्युँमा समेत चोट ला...बाँकी

नेपाल टेलिभिजनले सुरु गर्‍यो संस्कृतमा पनि समाचार !

नेपाल टेलिभिजनले शनिबारदेखि संस्कृत भाषामा पनि समाचार प्रसारण सुरु गरेको छ । हरेक शनिबार बिहान ९ बजे प्रसारण हुने सो समाचारले संस्कृत भाषाको प्रवर्द्धन र संरक्षणका हुनुका साथै बहुभाषिक पहिचानयुक्त नेपालको भावनालाई राष्ट्रको प्रसारण संस्थाका तर्फबाट सम्बोधनको पहल हुने जानकारी नेपाल टेलिभिजनका कार्...बाँकी

श्रीमानको कुटाइबाट श्रीमती ठहरै !

सामान्य विवादको क्रममा श्रीमानले लठ्ठी प्रहार गर्दा ताराखोला गाउँपालिका– २, बागलुङमा ७० वर्षीया उनकी श्रीमतीकोे मृत्यु भएको छ । शुक्रबार साँझ मादक पदार्थ सेवन गरेर घर आएका ६६ वर्षीय देउप्रसाद छन्त्यालले लठ्ठी प्रहार गर्दा सख्त भएकी ७० वर्षीया तुलमाया छन्त्यालको उपचारका क्रममा मृत्यु भएको हो । श्र...बाँकी

असोज ७ मा उपत्यका बन्द : नेकपा (विप्लव) को घोषणा !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकको नेपाल कम्युनिस्ट पार्टीले असोज ७ गते आइतबार उपत्यका बन्दको आह्वान गरेको छ । सो पार्टीको उपत्यका विशेष ब्युरोका इन्चार्ज प्रज्वलद्वारा शुक्रबार प्रेषित विज्ञप्तिमा जनाइए अनुसार पक्राउ परेका सो पार्टीका स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत प...बाँकी

सरकार–यातायात मजदुरबीच ८ बुँदे सहमति : यातायात अवरुद्ध गर्ने ‘आन्दोलन’ फिर्ता

भदौ १ देखि लागू भएको मुलुकी संहिताको विरोध गर्दै ‘आन्दोलन’ मा उत्रेका यातायात मजदुर र सरकारबीच ८ बुँदे सहमति भई उनीहरुको ‘आँदोलन फिर्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार भएको वार्तापछि यातायात मजदुरहरु गाडी चलाउन तयार भएको जानकारी यातायात व्यवस्था विभागका महानिर्देशक ल...बाँकी

नेकपा नेता मायाप्रसादले अस्वीकार गरे प्रदेश सचिवको जिम्मेवारी

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले तोकेको प्रदेश सचिवको पद सो पार्टीका नेता मायाप्रसाद शर्मा ‘पारसमणि’ ले अस्वीकार गरेका छन् । बैठकले पूर्वमाओवादी नेता शर्मालाई प्रदेश– ६ (कर्णाली प्रदेश) को सचिव तोकेको थियो । सचिवको जिम्मेव...बाँकी

विप्लवका रोल्पा सेक्रेटरी सुवेदी पनि पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई पनि प्रहरीले प्रक्राउ गरेको छ । रोल्पा नगरपालिका– १०, धवाङको साउनेपानीमा सो पार्टीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उपस्थित रहेका सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो । पार्टीको तीन महिने अभि...बाँकी

गाउँघरमा अन्न (मकै) को भण्डारण… !

      गलकोट नगरपालिका– १०, पाण्डवखानी, बागलुङमा घरको छानामुनी राखिएका मकैका झोताला । साउन–भदौमा मकैबाली भित्र्याइसकेपछि प्रायः सबैतिरका गाउँघरमा मकैलाई यसैगरी घरबाहिरै थन्क्याएर आवश्यकता अनुसार उपभोग र बेचबिखन गरिन्छ ।  ...बाँकी

युरोप प्रस्थान गरे कांग्रेस नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दुई साता लामो भ्रमणका लागि युरोप प्रस्थान गरेका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलको आयोजनामा १०५औं बीपी जयन्तीका अवसरमा हुन लागेको ‘नेपालको सङ्घीयता कार्यान्वयन : चुनौती र नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा भाग लिन उनी शुक्रबार साँझ युरो...बाँकी

चीन प्रस्थान गरे नेकपा अध्यक्ष प्रचण्ड

चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार दिउँसो चीनतर्फ प्रस्थान गरेका छन् । चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी...बाँकी