newskoseli.Com

विस्फोटमा २५ को मृत्यु, ३० घाइते

आत्मघाती आक्रमणकारीले पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा शुक्रबार गराएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ । घटनामा ३० जनाभन्दा बढी घाइते भएको सरकारी अधिकारी मुनिर रैसानीले बताए ।

यसैबीच पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले शुक्रबार बलुचिस्तान प्रान्तमा २५ जनाको ज्यान लिने गरी भएको विस्फोटको निन्दा गरेका छन् । इस्लामिक स्टेट समूहले आफ्नो एक समाचार संस्थामार्फत घटनाको जिम्मेवारी लिएको छ ।

प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गरी पाकिस्तानी सिनेटका उपनेतासहित सम्पूर्ण घाइतेजनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्रीले घाइते सबैको उपचारमा कुनै कमी हुन नदिन प्रशासनलाई निर्देशन दिएका छन् । घटनामा पाकिस्तानी सिनेटका उपनेता अब्दुल गफुर हैदरी सामान्य घाइते भएका छन् ।

उनी चढेको कार विस्फोटका कारण पूर्णतया जलेर नष्ट भएको छ । विस्फोटमा केही प्रहरी अधिकारी समेत घाइते भएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर