newskoseli.Com

मुख्यमन्त्रीहरूलाई किन पत्याएनन् प्रधानमन्त्री ओलीले ?

केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार बनेको झन्डै ७ महिना बितिसक्दासम्म अन्तरप्रदेश परिषद् बैठक बस्न नसकेपछि मुख्यमन्त्रीहरू प्रधानमन्त्रीसँग असन्तुष्ट बनेका छन् ।

बल्ल–बल्ल हुन लागेको उक्त बैठक झनै अन्योलमा परेपछि उनीहरू आक्रोशित समेत भएका छन् । प्रदेशमा कामै नपाएको भन्दै मुख्यमन्त्री, मन्त्री र सांसदहरू धेरैजसो काठमाडौं धाउने गरेका छन् । प्रदेशसभाहरु विधेयक तयार पार्न, प्रस्तुत गर्न, अन्य कानुनी र संवैधानिक काम गर्न समेत अलमलमा पर्ने गरेका छन् ।

प्रदेश– ५ को प्रदेशसभा बैठक सञ्चालनका लागि सहजीकरण गर्न पुगेका प्रदेशसभा सम्पर्क तथा समन्वय केन्द्रका उपसचिव रामकुमार पौडेलले आवश्यक पर्दा प्रदेशलाई संघले समन्वय गर्दै आएको बताए । आइतबार हुने भनिएको अन्तरप्रदेश परिषदको बैठक अन्तिम अवस्थामा आएर रद्ध भएको थियो ।

त्यसअघि पोखरामा भएको मुख्यमन्त्रीको भेलाले एजेन्डा समेत तय गरेको थियो । तर, प्रधानमन्त्री ओलीले ‘व्यस्तता’ देखाउँदै बैठक नबसाएको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर