newskoseli.Com

अश्लील वेबसाइटहरु बन्द गर्दै सरकार

यौनजन्य (अश्लील) सामग्री प्रकाशन गर्ने वेबसाइटहरु सरकारले बन्द गराउने भएको छ । इन्टरनेटको माध्यमबाट यौनजन्य (अश्लील) सामग्रीमा सहज पहुँच हुँदा सामाजिक सद्भावमा खलल पुगेको भन्दै सरकारले त्यस्ता वेबसाइटहरु बन्द गराउन लागेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी त्यस्ता वेबसाइट बन्द गरउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको जनाएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार यौनजन्य अश्लील सामग्री आदान–प्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाएको विज्ञप्तिमा उल्लेख छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ मा उल्लेख गरिए अनुसारका सामग्री आएका वेबसाइट बन्द गराइने मन्त्रालयका प्रवक्ता मुकुन्द शर्माले बतएको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर