newskoseli.Com

साँघुरो भयो शितलनिवास, प्रहरीको २३६ रोपनी जग्गा दिने निर्णय !

नेपाल प्रहरीअन्तर्गत रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयका नाममा दिने निर्णण सरकारले गरेको छ ।

हाल राष्ट्रपति कार्यालय रहेको शितलनिवासलाई पर्याप्त जग्गा नभएको भन्दै सरकारले प्रहरी प्रतिष्ठानको नाममा रहेको २ सय ३६ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

भदौ २१ मा बसेको मन्त्रिपरिषदको बैठकले प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय गरेकामा प्रहरीले भने असन्तुष्टि जनाएको छ । काभ्रेको पनौतीमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण नहुँदै राष्ट्रपति कार्यालयसँगै जोडिएको प्रहरी प्रतिष्ठानको उक्त जग्गा सरकारले राष्ट्रपति कार्यालयलाई दिने निर्णय गरेको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर