newskoseli.Com

एसपी विष्ट र बम दिदीबहिनीमाथि फेरि अनुसन्धान गर : मानवअधिकार आयोगको निर्देशन

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगले आइतबार सरकारलाई निर्देशन दिएको छ ।

कञ्चनपुर पुगेर घटनाको स्थलगत अध्ययन गरेको मानवअधिकार आयोगको टोलीले तयार पारेको प्रतिवेदनका आधारमा आयोगले सरकारलाई विष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्नुपर्ने लगायत ८ बुँदे निर्देशन दिएको हो ।

प्रतिवेदनमा निर्मलाकी आमाले हारगुहार गर्दा समेत प्रहरीले खोजीमा तत्परता नदेखाएको तथा शव भेटिएपछि पनि प्रमाणको संरक्षण गर्नुको साटो नष्ट गरेको पाइएको उल्लेख छ । ‘तत्कालीन जिल्ला प्रहरी प्रमुख विष्ट घटनास्थलमा आफैं उपस्थित भई आवश्यक सूचना प्रवाह तथा समन्वय गरेको नपाइएकाले उनीमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएको’– आयोगले सरकारलाई दिएको निर्देशनमा उल्लेख छ ।

आयोगले रोशनी र बबिता बमलाई समेत शंकाको घेरामा राखी पुनः अनुसन्धान अघि बढाउन समेत सरकारलाई निर्देश दिएको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर